हिमाली पारीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दाने बोहरा शुक्रबार, आश्विन ०८, २०७८

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ मा रहेको जाङ र हल्जीमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरीएको छ ।

लामो समय पछि कोरोना कहरमा बन्द रहेका बेला केही दिन अगाडीबाट पठन पाठन सुचारु रहेको वड ६ हिमालपारीको गाउँ लिमीका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरीएको छ ।

शैक्षिकगुणस्तर उकास्न सहयोगस्वरुप सामग्री उपलब्ध गरिएको आधार नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले जानकारी दिए । लिमीका दुई गाउँका ६६ जना विद्यार्थीलाई सबैखाले शैक्षिक सामग्री सहयोग गरीएको हो । आफ्नै घरबाट किनेका शैक्षिक सामाग्रीबाट हालसम्म पठन पाठन गर्दैआएका विद्यार्थीलाई अहिलेको सहयोगले थप हौसला बढेको छ ।

शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदैआएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत लामाले कहिल्यै पनि यस्तो सहयोग नपुग्ने लिमीका विद्यार्थीलाई यसपाली सहयोग पाएकोमा खुशी व्यक्त गरेको बताए ।

लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सामग्री वितरण गरिएको लामाले बताए । पठन पाठनमा सहजता ल्याउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उहाँले बताए । सहयोग गरिएका सामग्रीमा पोशाक, झोला, जुता, टोपी, मोजा, कापी कलम पेन्सील, ज्यामिति वक्स, लेखन अभ्यास पुस्तिका, मार्कर पेन मसी, ह्वाईट वोर्ड, माक्स, सेनिटाईजर र सावुन रहेका छन् ।

प्रति विद्यार्थी कापी १६, कलम १५, शिसाकलम १२, अन्य सामग्री प्रति व्यक्ति एक एकका दरले सहयोग गरीएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]