सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका अन्र्तगतको स्वास्थ्य शाखाले आयोजान गरेको स्वास्थ्य सस्थास्तरिय आर्थिक बर्ष २०७७÷७८ को बार्षीक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष वलि रावतको अध्यक्षतामा प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया प्रमुख आथित्यमा र स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको विषेश आथित्यमा वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा वडा नम्बर दुई, पाँच, छ र सातका वडाध्यक्ष सहित गाउँपालिका भित्र रहेका आठ स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको वार्षिक समिक्षा गोष्ठि कार्यक्रममा हालसम्म स्वास्थ्यका क्षेत्रमा गरीएका बिभिन्न गतीबिधिहरुका बारेमा स्वास्थ्य संस्थाका प्रतिनिधिहरुले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक भण्डारीले जानकारी दिनुभयो । गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ८ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरुले आआफ्नो वडामा गरेको स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक भण्डारीले बताउनुभयो । प्रगति विवरणमा अधिकांस स्वास्थ्य संस्थाहरुमा टेलिफोन, इन्टरनेट खानेपानी तथा प्रशुति गृहका लागी आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुको अभाव रहेको देखिएको थियो ।
यस्तै गाउँपालिका भित्र रहेका चारवटा स्वास्थ्य चौकी, तीनवटा आभारभूत स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य इकाई गरेर वार्षिक प्रगतिमा राम्रो काम गरेको भन्दै डाडाफयाँ स्वास्थ्य चौकीलाई सम्मान पत्र प्रदान गरीएको हो । पालिका भित्र रहेका आठवटा स्वास्थ्य संस्था मध्ये डाडाफयाँ स्वास्थ्य चौकीले प्रभावकारी काम गरेकाले पुरस्कार प्रदान गरीएको संयोजक भण्डारीले बताउनुभयो । यसै गरी गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको भन्दै आधार विकास हुम्ला, स्वास्थ्यका लागी सक्षम प्रणाली र जिएननलाई समेत गाउँपालिका उपाध्यक्ष तथा आजको समापन कार्यक्रमका अध्यक्ष बलि रावतले सम्मान पत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । आजै भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोकायाले स्वास्थ्य क्षेत्रमा अभाव भएका आवश्यक सामग्री माग गरेमा आफुले पहल गर्ने बताउनुभयो ।
यस्तै आजका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष बलि रावतले वार्षिक समिक्षा गोष्ठीबाट उत्कृष्ठ भएको डाडाफयाँ स्वास्थ्य चौकी जस्तै सबैले राम्रो काम गर्नुपर्ने र अर्को वर्ष राम्रो काम गरेको सबैले देख्न पाउँदा आफुहरुलाई पुरस्कार दिन छुट्याउन नपरेर सबैलाई दिन पाउन बनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य संस्थामा भएका कर्मचारी अभाव, औषधि उपकरण देखि ऋयन अति आवश्यक वस्तुहरुको आफुहरुको समयावधि हुँदासम्म पुरा गर्ने बताउनुभयो । यस्तै आजै भएको कार्यक्रममा वडा दुईका वडाध्यक्ष नर बहादुर भण्डारी र स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिहं लगायत अन्य स्वास्थ्यकर्मीहरुले आफ्नो मन्तव्य राखेका थिए ।
आर्थिक बर्ष २०७७÷०७८ को स्वास्थ्य संस्था स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुमा धन्यवाद दिनुभएको थियो । आजै सम्मपन्न भएको वार्षिक समिक्षा गोष्ठीमा सातवटा विभिन्न निर्णय गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो ।