सिमकोट । हुम्लामा नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनमा वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले असहमति जनाएपछि कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पक्षको एकल प्यानलले नेतृत्व चयन गरेको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्लामा निर्वाचन क्षेत्र नम्बर क को विवाद सहमतिमा आउन नसकेर देउवा पक्षले एकलरुपमा विजयी भएको घोषणा गरेको छ । आजै जिल्ला समन्वय समितीको सभाहलमा भएको निर्वाचन प्रक्रियामा संस्थापन इतर पक्ष सहभागी नभएपछि संस्थापन पक्षका उम्मेदवारलाई विजयी भएको घोषणा गरीएको निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत सापकोटाका अनुसार एउटा पक्षको मात्र उम्मेदवारी परेका कारण विधानअनुसार सर्वसम्मत नेतत्व चयन गरिएको बताउनुधयो । इतर पक्षको उम्मेदवारी दर्ता नभएपछि मोहन विक्रम सिंह निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ निर्वाचित भएका छन् । त्यसैगरी २४ जना जिल्ला कार्य समितिका सदस्यहरु पनि चयन भएका छन् । अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु पनि चयन गरेको छ । पौडेल पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आफुले अनुरोध गर्दा उनिहरुले सहभागी नभएपछि विधानअनुसार सर्वसम्मत नेतत्व चयन गरिएको बताउउनुभयो ।
यता सातौ जिल्ला महाधिवेशनमा सहभागी नभएको पौडेल पक्षका पूर्व सांसद रिता शाही भने, आफुहरुको निर्वाचन क्षेत्र क नम्बरको विवाद समाधन नभएर अर्को पक्ष एकलरुपमा अगाडी बढेको बताउनुभयो । निर्वाचन अधिकृतलाई निर्वाचन क्षेत्र क नम्बरको विवाद समाधानका लागी निवेदन समेत दिएको भएपनि त्यसको सुनुवाई नभएको बताउनुभयो ।
जिल्ला कार्य समितीको निर्वाचन दुई दिन पर सार्नका लागी आग्रह गर्दा नमानेका कारण आफुहरुले उम्मेदावारी दर्ता नगरेर आफ्नो पक्षले जिल्ला कार्यसमितीको नेतृत्व चयन गरी घोषणा गर्ने तर्फ लागेको सांसद शाहीले बताउनुभयो । पार्टी भित्रको आन्तरीक विवाद समाधान गरेर अगाडी बढ्नुपर्ने निर्वाचन अधिकृतले त्यो जिम्मेवारी पुरा नगरेको सांसद शाहीले बताउनुभयो ।
पार्टी भित्रको अन्याय अत्याचार, र आन्तरिक लोतन्त्रका लागी जिल्ला कार्यसमिती घोषणा गर्ने पूर्वसांसद शाहीले बताउनुभयो । समानन्तर कमिटीका लागी सबै प्रक्रिया पुरा भएको र आज नभएपनि भोली पत्रकार सम्मेलन गरेर जिल्ला कमिटी घोषणा गरीने भएको बताउनुभयो ।
आफ्नो वडा,गाउँपालिका र निर्वाचन क्षेत्रमा नभएका क्षेत्रमा नेतृत्व चयन गरीने उहाँले बताउनुभयो ।