सिमकोट । स्वास्थ्य कार्यालय हुम्लाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार र बुधबार गरि २ दिनसम्म सिमकोट तल्लो बजारमा रहेको एलिश होटेलमा समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
समिक्षा गोष्ठीमा जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले आ–आफ्नो प्रस्तुतीकरण गरेको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहंले जानकारी दिए । यस्तै जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्ने, स्वास्थ्यका लागी सक्षम प्रणाली, आधार नेपाल, अष्ट्रिया साँझेदारी संस्था, हेड नेपाल, एस आई डिसी, सर्पोस नेपाल लगायतका संस्थाहरुले आर्थिक वर्ष २०७७।७८ मा आफुहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका विषयमा प्रस्तुतिकरण गरेको प्रमुख सिंहले बताए ।
सबै पालिकाहरुले प्रस्तुतीकरण गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नु पर्ने देखिएको छ । समिक्षा गोष्ठी कार्यक्रममा जिल्लाभर रहेका स्वास्थ्य संस्थाहरु स्वास्थ्य मापदण्ड अनुसारको भौतिक संरचना अनुसार निर्माण नभएको बताइएको छ ।
समिक्षा गोष्ठी समापन कार्यक्रममा विशिस्ट अतिथि समेत रहेका सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले, जिल्लाभर विषशज्ञ तथा अन्य स्वास्थ्यकर्मीको अभावलाई सबै मिलेर समधान गर्नुपर्ने बताए ।
हुम्लाका नागरीकहरुले स्वास्थयकर्मीहरुको मुख हेरेका हुन्छन्, र स्वास्थ्य सम्बन्धी हरेक कुराहरुलाई अझै सुधारमा ल्याउन सबै स्वास्थ्यकर्मिहरुले आ आफ्नो काममा दत्तचित्त भएर खट्नुपर्ने बताए । स्वास्थ्य क्षेत्र सम्बेदनशिल भएकाले यस क्षेत्रमा जिल्लाभर रहेका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मीहरुले प्रभावकारी काम गरेर नागरीकको विश्वास जित्ने काम गरेर अगाडी बढ्नुपर्ने बताए ।
यस्तै समिक्षा गोष्ठि समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले, मानिसको जन्म र मृत्युसङ्ग जोडिएका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गर्नुभएको थियो । प्रमुख रावतले सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो क्षेत्रका जनताका लागी सकेजतिको सेवा दिनका लागि उहाँले विशेष आग्रह गर्नुभएको थियो ।
आजै स्वास्थ्य कार्यालय हुम्लाले समिक्षा गोष्ठी समापनको कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय तह मध्ये खार्पुनाथ गाउँपालिकालाई स्वास्थय कार्यालयले सम्मान कदर पत्र सहित नगद पुरस्कार प्रदान गरेको छ । जिल्लाका स्थानीय तह मध्ये खार्पुनाथ गाउँपालिकाले कोरोना महामारी देखि रहेक स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गरेका कारण पुरस्कार प्रदान गरीएको स्वास्थ्य कार्यालय प्रमुख सिंहले बताए ।
यस्तै विश्वलाई तहसनहन पारी रहेको कोरोना महामारीमा प्रभावकारी भुमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, रानीवन गुल्म लगायत विभिन्न संघसंस्थाहरुलाई कदर पत्र प्रदान गरीएको हो । यसैगरी जिल्लामा सूचना, समचार प्रशारण तथा प्रकाशनमा राम्रो भुमिका खेलेको भन्दै नेपाल पत्रकार महासंघ शाखा हुम्ला, रेडियो कर्णाली आवाज सहित रेडियो श्रीनगर, रेडियो कैलाशलाई समेत कदर पत्र प्रदान गरीएको हो ।