नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

नेपालचेक समाचारदाता शुक्रबार, आश्विन २२, २०७८

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

२९ असारमा सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । बिहीबार मन्त्रालय बाँडफाँटको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी थिइन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेकी थिइन् ।

वर्तमान सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)बाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट १ राज्यमन्त्रीसहित ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री बनेका छन् भने एक गैरसांसद् मन्त्री बनेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]