सिमकोट । राष्ट्रिय जनगणनाका लागि हुम्लामा सबै तयारी पुरा भएको छ । सातवटा गाउँपालिका र ४४ वटा वडा रहेको हुम्लामा ८० जना गणकहरु ख्टिने भएको छन् । कात्तिक २५ गतेबाट देशभर हुने जनगणनाका लागि हुम्लाका गणकहरुलाई तीन दिनसम्म तालिम समेत दिइएको छ ।
मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना संकलन गर्ने कार्य शुरु हुने भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनका लागि राजनिति दल र पत्रकारहरुलाई समेत सही तथ्यांक संकलन गर्नमा सहयोगको अपेक्क्षा जनगण्ना कार्यालय हुम्लाले आग्रह गरेको छ ।
जिल्लामा सञ्चालन हुने जनगणनामा सहज होस भन्दै जनगणना कार्यालयले सोमवार अनौपचारीक रुपमा पत्रकार र राजनिति दलका प्रतिनिधिहरुसंग सुझाव मागेको छ ।
जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय बारे तालिममा जानकारी गराइएको जिल्ला जनगणना कार्यालय हुम्लाका अधिकृत विनोद भट्टले जानकारी दिए । जनगणनालाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्न हुम्लाका सातवटा स्थानीय तहलाई मध्ये दुईवटा स्थानीय तहमा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको भट्टले बताए ।
जिल्लाको दक्षिण भेगमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गरी चारवटा गाउँपालिकाको पायक पर्ने गरी सर्केगाड गाउँपालिकामा अस्थायी कार्यालय स्थापना गरिएको उनले बताए । यस्तै सिमकोट खार्पुनाथ र नाम्खा गाउँपालिकाको लागि जिल्ला जनगण्ना कार्यालय र सिमकोटमा रहेको अस्थायी कार्यालय काम गर्ने भएको भट्टले बताए ।
कार्यालयले आउदो कात्तिक २५ गतेदखि सञ्चालन हुने राष्ट्रिय जनगणनका लागि हुम्ला जिल्लामा ८० जना गणकहरु तयारी गरेको जिल्ला जनगणना अधिकृत भट्टले बताउनुभयो । तयारी गरिएका ८० जना गणकहरुलाई यस अधि कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालीम सञ्चालन गरेको थियो ।
त्यस्तै गाउँमा खटिने सोही गणकहरुको अनुगमनका लागि २३ जना सुपरभाइजरको समेत तयारी गरेको अधिकृत भट्टले बताउनुभयो । अनुगमनमा खटिने सुपरभाइजरले पनि भदौ ३० देखि असोज १२ गतेसम्म तालिम लिएका थिए ।
यसपालीको जनगणनमा विशेष गरेर स्वास्थ्य, शिक्षा, खाने पानी लगायत सम्पुर्णको विवरण लिने भएको छ । विवरण संकलनका क्रममा कम जनसंख्या भएको वडामा एक जना र बढी जनसंख्या भएको वडामा दुईदेखि तीन जना सम्म गणकलाई खटाउने तयारी गरिएको अधिकृत भट्टको भनाई रहेको छ ।
जनगणना गर्ने क्रममा जिल्लाका निर्वाचित क्षेत्रका जनप्रतिनिधिहरु मध्ये समन्वय समिति प्रमुखको संयोजकत्व र अर्को प्रमुख जिल्ला अधिकारीको संयोजकत्व गरि जिल्लामा दुईवटा समति रहने गर्दछ ।
त्यस्तै जनगणना संकलनकाबाट सही तथ्यांक आउनका लागि जिल्लाका सात दलको तर्फबाट समेत सयुंक्त रुपमा सन्देश दिने कार्य गरिने बताइएको छ ।