सिमकोट । लामो समय देखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नविन समाजले “बालबालिकाका लागि परिवार” नामक पुस्तक विमोचन गरेको छ ।
विभिन्न प्रलोवनमा पारेर जिल्ला बाहिर काठमाडौँको विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याए पश्चात उनिहरुको अनुभवलाई समावेश गरी हिमाली नविन समाजले “बालबालिकाका लागि परिवार” पुस्तक विमोचन गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गर्दै जनप्रतिनिधि, र सरोकारवाला पक्षको सहभागीतामा संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको हो । स्थानीय तहमा बाल संरक्षण प्रणाली सवलीकरण, संरक्षण तथा सेवा प्रवाह सम्वन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त किताब विमोचन गरिएको थियो ।
“बालबालिकाका लागि परिवार” पुस्तक विमोचन कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बालबालिकालाई जिल्ला बाहिर लिने कार्यलाई रोक्न यो पुस्तक महत्वपुर्ण सहयोग पुर्याउने भएको बताए ।
अध्यक्ष लामाले भने, “हुम्लाबाट अविभावकलाई फकाएर रुपियाँ समेत असुल गर्दै लिइएका बालबालिकाको बिलौना पुस्तकमा समेटिएको बताउदै यो पुस्तक जिल्लाबासीले अध्ययन गर्न पाए आफ्ना बालबालिकाहरु जिल्ला बाहिर पठाउने कार्यमा रोक्न पुस्तकले सहयोग गर्ने विस्वास छ ।”
त्यसैगरि पुस्तक विमोचनमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यो पुस्तक हुम्लाका सबै अविभावका लागि उपयोगी हुने बताए । आफुले अब यसरी अबैध रुपमा बालबालिका जिल्ला बाहिर लिने कार्य बिरुद्ध कडा रुपमा निगरानी बढाउने प्रतिबद्धता जनाउनुशका साथै हुम्लाका सबै अविभावकले एक पटक यो पुस्तक अध्ययन गर्न आग्रह गरे । प्रजिअ आचार्यले भने, “सबैतिर छोराछोरीलाई थोरै सयम यताउता जाँदा खोजी गर्ने कार्य भई रहेको बेला हुम्लामा भने त्यसको ठिक उल्टो आफ्ना नानीबाबुलाई संस्थामा अध्ययन गराउने नाममा घर बाहिर पठाउन प्रोत्साहन गर्ने प्रबृति गलत छ ।”
अबैध रुपमा जिल्ला बाहिर लगिएका बालबालिकाहरुको उद्धारका लागि काम गर्दै आएको हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिका निकासी कार्य रोक्नकै लागि पुस्तक संगालोका रुपमा तयारी पारिएको बताए ।
यसमा परिवारसँग विछोड भएका बालकालिकाले संस्थामा वस्दा भोगेका पिडा र समस्या पुस्तकमा समेटिएको निर्देशक लामाले बताए । पुस्तकमा १३ जना बालबालिका संस्थामा वस्दाका कथा व्यथालाई कबिता, कथा, अनुभव, भोगाईका रुपमा समेटिएको छ ।
यो पुस्तक गाउँगाउँमा समेत पुर्याईने भएको उनले बताए । नेपाल सरकार तथा विभिन्न सरोकारवाला निकायको सहयोगलमा २०६५ सालपछि हुम्लाबाट अबैध रुपमा लगिएका २ हजार भन्दा बढी बालबालिकाहरुलाई उद्धार गरेर परिवारसँग पुर्नमिलन गरिएको उनले बताए ।
उक्त कार्यक्रम हिमाली नविन समाज, आधार विकास नेपाल, युनिसेफको आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको थियो ।