लिमी पुग्यो ७८ क्वीन्टल खाद्यान्न

नेपालचेक समाचारदाता सोमबार, मंसिर १३, २०७८

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा ७८ क्वीन्टल खाद्यान्न पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबार बिहानदेखि ढुवानी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि ढुवानी हुनु पर्ने खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारी हुने सम्भावना बढी देखिएको हो । भोकमारी नहोस् भनेर लिमीका बासिन्दाका लागि सोमबार मात्रै हेअलिकप्टरले ७८ क्वीन्टल खाद्यान्न पु¥याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले सिमकोट र हिल्साबाट गरी ७८ क्वीन्टल खाद्यन्न लिमी पु¥याएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । लिमीमा खाद्यन्न ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर आइतबार बेलुका काठमाडौँबाट सिमकोट पुगेको थियो ।

सिमकोटबाट दुई वटा उडान भर्दै हेलिकोप्टरले २१ क्वीन्टल खाद्यन्न लिमी ढुवानी गरेको हो भने, यता हिल्सामा रहेको ४६० क्वीन्टल मैदा र बीस बोरा चामलमध्ये हेलिकोप्टरले चार वटा उडान भरेर ५७ क्वीन्टल ढुवानी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

लिमीका लागि पाँच सय दुई क्वीन्टल खाद्यान्न ढुवानी हुनु पर्ने भएपनि आजबाट सुरुभएको उनको भनाई छ । ६ वटा उडान भरेर सेनाको हेलिकोप्टर इन्धनको लागि सुर्खेततर्फ लागेको छ । सुर्खेतबाट इन्धन ल्याए पछि पुनः भोलिबाट सिमकोट र हिल्साको खाद्यन्न ढुवानी हुने उहाँले बताउनुभयो । आज पहिलो दिन ७८ क्वीन्टल खाद्यन्न ढुवानी भएको र बाँकी रहेको चार सय २४ क्वीन्टल निरन्तर ढुवानी हुने भएको छ ।

लिमीमा सबै खाद्यान्न ढुवानी भएपछि तील, जाङ् र हल्जि गरी तीनवटा गाउँको संयुक्त बैठक बसेर वितरण प्रक्रिया सुरु गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

वडा ६ लिमीमा खाद्यान्न अभाव भएपछि लिमीबाट २७ जना स्थानीयको टोली वडाध्यक्षको नेतृत्वमा हिउँ छिचोलेर सिमकोट आइपुगेको थियो । वडा अध्यक्ष तामाङ काठमाडौँसम्म समस्या समाधानका लागि पुग्नुभएको थियो ।

हेलिकप्टरको पहिलो उडानमा खाद्यान्न लिएर हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सासद रंगमती शाही र वडा अध्यक्ष तामाङ लिमी पुग्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]