विद्यालयमा छात्रालाई सेनेटरी प्याड सहयोग

नेपालचेक समाचारदाता मंगलबार, मंसिर २८, २०७८

सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको पालिकाभरीका विद्यालयमा छात्राहरुका लागि प्याड वितरण गरीएको छ ।

सर्केगाड गाउँपालिकाले देवल आधारभुत विद्यालयमा अध्ययनरत छात्रा लाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा लजाएर छात्राहरु विद्यालय आउन छोड्ने भएकाले उनिहरुलाई निशुल्क प्याड वितरण गरेको छ । सर्केगाड गाउँपालीकाको वडा १ को तुम्चामा रहेको देवल आधारभुत विद्यालयमा अध्यानरत ६ कक्षा देखि ८ कक्षा सम्मका छात्रा लाई ४ वटाको दरले प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक काली बहादुर रावतले बताए ।

पालीका भरीका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ वटाबोरा प्याड वितरण गरेको छ । अन्य विद्यालयमा पनि वितरण गर्न सुरु गरेको जानकारी प्राप्त भएको छ ।

वितरणको क्रममा पनि छात्राहरुले प्याड लिन लजाउने गरेको उनिहरुलाई सम्झाई बुझाई गरेर प्याड लिन पठाएको प्रधानध्यापक रावतले बताउनुभयो । ४ बोरा प्याड वितरण गरेको र प्रत्यक महिना वितरण जारी राख्ने भएको गाउँपालिकाले जानकारी दिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]