बेरोजगारलाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

विजय रावत मंगलबार, मंसिर २८, २०७८

जुम्ला । बेरोजगारलाई आत्मनिर्भर बनाउनका लागि जुम्लाको तिला गाउँपालिकाले नविल बैंकसंग दिगो उद्यमशीलता विकासका लागि साझेदारी गरेको छ । पालिका भित्रका युवालाई उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी उनीहरूलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । सो बैंकले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम मंसिर २१ गतेदेखि सदरमुकाम खलङ्गामा सम्पन्न गरि सोमबार समापन गरेको छ ।

साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि गाउँपालिमा संग समझदारी भएको नविल बैंक अध्यक्ष उपेन्द्र पौडेले बताउनुभयो । उहाँले भन्नुभयो ,ू बैंकबाट सहुलियतपूर्ण कर्जा उपलब्ध हुने छ ।सो कर्जाले उद्यम गर्ने स्थानीयवासिलाई राहत पुन्ने छ । बैंकको कर्जा सहिरुपमा सदुपयोग गर्ने जरुरी छ । ग्रामीण भेगका स्थानीयवासिलाई स्वरोजगारतर्फ अगाडि बढाउन बैंक तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।ूसो बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डे र गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले गत मंसिर २१ साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरी सकेका छन् ।

उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम र तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताउनुभयो । सम्झौताले तिला गाउँपालिकामा रोेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्नेदेखि सो कार्यक्रमले निम्न आयस्रोत भएका तिलाका किसान तथा उद्यमीलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण कार्य खेल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावलले बताउनुभयो ।

यस समझदारीले तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको राष्ट्रिय युवा परिषद्का प्रतिनिधि तथा तालिका मुख्य प्रशिक्षक श्यामकाजी खत्रीले बताउनुभयो ।

बेरोजगार युवालाई उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनका लागि तिला गाउँपालिको नमुना काम गरेको तालिका सहभागी हरिबहादुर बुढाले बताउनुभयो । आर्थिक अभावले व्यवसायी गर्ने नपाएकाका स्थानीयवासिका लागि गाउँपालिकाले गरेको काम राम्रो भएको तालिमका अर्को सहभागी पार्वती बुढाले बताउनुभयो । आयआर्जन बिना आर्थिक समृद्धि सम्भव नभएकोले उद्यमशीलता विकासका लागि तिला गाउँपालिकाले थालेको कार्यक्रम प्रशंसनीय रहेको स्थानीयवासि जय रावलले बताउनुभयो ।

पहिलो चरणमा छनौटमा परेका पालिकाभित्रका १५० जना युवाहरुलाई एक हप्तासम्म गाउँपालिकाले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम राष्ट्रिय युवा परिषद्का प्रशिक्षकबाट सदरमुकाम खलंगामा संचालन गरेको थियो । कार्यक्रममा बैंकिङ प्रतिनिधि, जुम्लाका सहायक प्रजिअ, पत्रकार, जिल्लाका विषयगत कार्यालयका प्रमुख, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरुको उपस्थिति रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]