सिमकोट । अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका एक जना युवा तीन दिनदेखि बेपत्ता पारीएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरि व्यपत्ता गरेका छन् ।
सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले युवा पक्षी कामीलाई निद्र्दात कुटपिट गर्नुका साथै तीन देखि बेपत्ता पारेका छन् भने, घरमा तोडफोड गरेका छन् । घरमा आएर युवायुवतीलाई माइती पक्षले अपहरण गरी लिएको युवाका बुवा धनजय कामीले बताए ।
तर सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकलाई अझै भेटाउन सकिएको छैन् खोजी कार्य तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
छोराले गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करीब २० जनासम्मको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको गुनासो बुवा कामीले पोखे ।
बुवा कामीले भने, “अन्तर जातीको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन् । ” खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन् बुवाले दुखेसो गरे ।”
कामी र मल्लले अन्तरजाती भएका कारण भागी विवाह गरेका कारण उनिहरुले भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएको वुवाले बताए ।
यता लिप्रुका माइती पक्षले खोजिरहेको भएपनि भेटाउन सकेका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् ।
बुधवार राति मात्रै युवकको घरमा माइती पक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगेको भएपनि युवती सम्पर्कमा आएको र युवा अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुन सकेको र्छैन् ।
घटना भए लगत्तै छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले पुस १ गते प्रहरीलाई जानकारी गराएको हो । घट्नाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै प्रहरीको टोलि घटना स्थलतर्फ खटाएको प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए ।
माइती पक्षले अहिलेको जमानामा पनि दलित र गैरदलितबीच भएको विवाहलाई अमान्य हुन नसक्ने बताउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह पिडीत पक्षले गरेका छन् ।
हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक शर्माले घटनाको जानकारी आउने बित्तिकै उनीहरुको खोजीका लागि प्रहरी व्यापक रुपमा परिचालन गरिएको बताए । जिल्ला कार्यालय हुम्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर, र सर्केगाड प्रहरी चौकीबाट प्रहरी परिचालन भएर खोजी कार्य भइरहेको भएपनि युवकको अहिलेसम्म् पत्ता नलागेको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।
हुम्ला प्रहरीका अनुसार, युवती सम्पर्कमा आएको र युवक अहिलेसम्म बेपत्ता छन् । ‘घटनाको जानकारी पाउन वित्तिकै प्रहरी परिचालन भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले पनि प्रहरी परिचालन गरिसकेको छ । दुई जिल्लाबाट प्रहरी परिचाल भइसकेका छन् भने युवाको तीब्र खोजी कार्य भईरहेको छ । उपरिक्षक शर्माका अनुसार युवती माइती घरमै रहेको र युवकको खोजि कार्य सर्केगाड आसपास क्षेत्रमा भइ रहेको छ । घटनाको थप अनुसन्धान समेत भइरहेको प्रहरी प्रमुख शर्माले बताए ।