हुम्लाका बालबालिकालाई आज मात्रै मोर्डना खोप : गाउँ पठाइयो ३५ सय डोज

दाने बोहरा सोमबार, पौष ०५, २०७८

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँचवटा गाउँपालिकाका लागि ३५ सय बढी मोर्डना खोप गाउँ पठाएको छ । आइतबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको भएपनि हुम्लामा सोमबारदेखि हुने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरमा रहेका १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाहरुको लागि ३ हजार ५ सय ३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ । आइतबारबाट खोप लगाउने भएपनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकाहरुलाई लगाइने भएको स्वास्थ्य सेवा कार्यालयका कोल्डचेन अशिस्डेण्ड मान बहादुर रोकायाले बताए ।

खार्पुनाथ गाउँपालिकाका लागि सात सय २०, ताँजकोट गाउँपालिकाका लागि आठ सय ३०, नाम्खा गाउँपालिकामा पाँच सय ५०, अदानचुली गाउँपालिकाका लागि एक हजार ८० र सिमकोट गाउँपालिका वडा ७ डाडाफया स्वास्थ्यचौकीमा रहेको खोप केन्द्रका लागि तीन सय ५० मोर्डना खोप गाउँ पठाइएको अशिस्टेण्ड रोकायाले बताए । खोप सहित आवश्यक पर्ने सामग्री सहित सबै तयारी पुरा हुनुका साथै सोमबारबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमी बाहेक अन्य सबै वडाहरुमा खोप लगाइने भएको रोकायाले जानकारी दिए । लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै मोर्डना खोप लगाइने भएको हो ।

हुम्लाको सातवटा गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ वटा खोप केन्द्र रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लामा रहेका नौ हजार नौ सय चालीस जनामा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष भएपनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए ।


सदरमुकाम सिमकोटमा रहेको सिमकोट सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारमा बसोबास गरीरहेका बालबालिकाका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट मोर्डना खोप लगाइने भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका विद्यार्थीहरुलाई खोप लगाउन र परिवारमा जानकारी दिनसमेत आग्रह गरीएको छ । कोभिड–१९ बाट सुरक्षित रहन खोप नै उत्तम भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको भनाई रहेको छ । हुम्लामा आजबाट एक साथ खोप लगाइने भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]