सिमकोट । अन्तरजातको युवती सँग विवाह गरेकै कारण हुम्लाका एक जना युवक हप्ता दिन देखि बेपत्ता पारीएका छन् ।
दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरि व्यपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले युवक पक्षीय कामीलाई निद्र्दात कुटपिट गर्नुका साथै हप्तादिन देखि पारेका छन् भने, घरमा तोडफोड गरेका छन् ।
गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करीब २० जनासम्मको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले गर्नुभयो ।
बुवा कामीले भन्नुभयो, “अन्तर जातीको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन् ।” खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन् बुवाले दुखेसो गर्नुभयो ।”
कामी र मल्ल अन्तरजाती भएका कारण भागी विवाह गरेका कारण उनिहरुले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएको बुवा कामीले बताउनुभयो ।
यता लिप्रुका माइती पक्षले खोजिरहेको भएपनि भेटाउन सकेका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् ।
बुधवार राति मात्रै युवकको घरमा माइती पक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगेको भएपनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुन सकेको छैन् ।
घट्नास्थलमा प्रहरी प्रमुख बुवा र युवती नियन्त्रणमा
घट्नाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटना स्थलमा पुगीसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचर्याले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आर्चायका अनुसार बेपता युवक कामी र युवती मल्ल पक्षका दुबैसँग बुझने र आवश्यक अनुसुन्धान भईरहेकोले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानको लागि नियन्त्रण लिएको बताउनुभयो ।
प्रहरीले माइतपक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
घट्नास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्मा आफै पुग्नुभएको छ । बेपत्ता पारीएका युवक अझै भेटाउन सकिएको छैन् । प्रहरीले अनुसन्धान र खोजी कार्य तीब्र पारेको बताएको छ ।