स्कुटीवाली साँसद शाही कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

नेपालचेक समाचारदाता मंगलबार, पौष ०६, २०७८

सिमकोट । प्रतिनिधिसभामा स्कुटीवाली साँसदको उपमा पाएकी हुम्लाकी सांसद रंगमती शाहीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकमी छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट शाही निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेस समानुपातिक तर्फ संघीय ससदमा प्रतिनिधित्व गर्ने शाहीले १७८९ मत ल्याइन् ।

डिला संग्रौला पन्त सबैभन्दा धेरै मत २८८५, पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८ र सुशीला ढकाल आचार्य १८०४ मत ल्याएका थिए । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]