सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा पछिल्लो केही दिनयता देखि विरामीको संख्या बढेको छ । पुस महिना लागसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्याधिक भएपछि अस्पतालमा रुघाखोकी लगायतका विरामी उपचारका लागि आउने गरेका छन् ।
जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जना भन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् । ज्वरो, रुघाखोकी, दम, लगायतका विरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी बोहराले जानकारी दिईन् । उनका अनुसार विरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका शैयाहरु प्नि भरिभराउ भएका छन् । यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका विरामी पनि आउने गरेबका छन् ।
यस्ता खालका समस्या लिएर दैनिक ४०÷५० जना बिरामी अस्पताल आउने अनमी बोहोराले बताईन् । बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको जिल्ला अस्पताल हुम्लाले बताएको छ । स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्ना समेत गरिएको छ ।
यस्तै जिल्लाभर रहेका स्वास्थ्य संस्थामा उपचारका लागि विरामी भरीभराउ हुने गरेको बताइएको छ । यतिबेला जिल्लाका स्वास्थ्यचौकीमा विरामी बढ्दै गएका छन् ।