संयुक्त विद्यार्थी संगठनले बिहीबार हुम्लाको सदरमुकाम सिमकोटमा भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेर प्रर्दशन गरेको छ ।
७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले सदरमुकाम सिमकोटमा पनि सिठ्ठीजुलुस निकालेका हुन् । सिमकोट तल्लो बजारको धुपी रुखमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै बजार परिक्रममा गरेका थिए । बजार परिक्रमा पछि सिमकोट माथिल्लो बजारमा रहेको लोकतान्त्रीचोकमा आएर कोणसभा गरेर सम्पन्न भएको थियो ।
सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन रहेका छन् ।
राष्ट्र्पति विद्यादेवि भण्डारी र प्रधानमन्त्रि केपि शर्मा वलीले दास्रो पटक संसद विगठन गरेपछि संसद पुनर बहाली हुनु पर्ने माग राख्दै सिटि जुलुस मार्फत ध्यान केन्द्रित गरिएको छ ।
बिहिबार जिल्ला सदरमुकाम सिमकोटमा करीव ३० जना भन्दा बढिको समुहले अहिले बेलुका ४ वजेको समयमा सिटि वजाएर वजार परिक्रमा गरिएको थियो ।