हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले स्वस्थ शिशु छनौट ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेर गरियको छन ।
ताँजाकोट गाउपालिका भरीका नवजात शिशुहरु स्वास्थ्य राख्नको लागि गाउपालिका सबै वडाका पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि ‘हेल्दी बेबी’ कार्यक्रमको आयोजना गरीएको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताउनु भएको छ ।
निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ देखि ४ नम्बर वडामा ४५० जना शिशुहरुको स्वास्थ्य परीक्षण वडा स्तरमा ‘हेल्दी बेबी’ प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीन जना शिशुहरुलाई पहिलो, दोस्रो र तेस्रो स्थानमा छनौट गरेर पुरस्कृत गरिएको स्वास्थ्य चौकी प्रमुख ढकालल बताए ।
ताँजाकोट गाउपालिकाले नवजात शिशुहरु स्वास्थ्य अबस्थाको बारेमा चिन्ता र चासोका लागि यो नयाँ उपायाको खोजि गदै ‘हेल्दी बेबी’ प्रतियोगिता को आयोजना गरेको र प्रतियोगितामा उत्कृष्टका लागि शिशुको तौल, उचाई पोषणको अवस्था लगायतलाई आधार मानेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गरिएका पालिका अपाध्यक्ष मन्जु बुढा बताइन ।
स्वास्थ्य परीक्षणपछि ७५ प्रतिशत शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी पाँच प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीको स्रोतले जानकारी गराएको छ ।
फेज नेपालको सहकाय गरीएको प्रतियोगितामा सहभागी भएका सबै वडाका शिशुहरुमध्ये सात जना कुपोषित अवस्था रहेको पाइएको बताउँदै उनले आमालाई विशेष गरी पोषणमा ध्यान दिन आग्रह गरिएका र मध्यम र न्यून स्वास्थ्य अवस्था भएको शिशुका आमालाई स्वास्थ्य जनचेतानाका बारेमा अभिमुखीकरण गरिएको छ ।
प्रतियोगिताको आयोजना गरेर शिशुलाई स्वस्थ्य राख्नका लागि आमालाई हौसला र ज्ञान प्रदान भएको विश्वासका साथ पालिका भरीका नवजात शिशुहरु स्वास्थ्य अवस्था सामान्य रहेका शिशुका आमाहरुलाई प्रोत्साहन स्वरुप तेल, साबुन, ब्रस, टुथपेष्ट, नेलकटर लगायतका व्यक्तिगत सरसफाईका सामाग्री प्रदान गरिएको थियो ।