सिमकोट । हुम्लाका एक जना मृगौला पिडीत महिलालाई उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको अदानचुली गाउँपालिका वडा ६ कि ३० वर्षिया मृगौला पिडीत घोगीसरा नेपालीलाई आर्थिक संकट भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग निको नगरेरै घर फिर्ता परेको पिडीतको गुनासो छ ।
आर्थिक जुटाउन नसकेपछि उपचारमा समस्या भएको छ । आर्थिकको अभावले केही दिनदेखि प्रदेश राजधानी सुर्खेत जिल्लामै रहेकी नेपालीले भनिन्, “ उपचारका क्रममा कसैको सहयोग नपाएपछि आफ्नै घरमा रोग लिएर फिर्ता हुनु परेको छ ।” केहि दिन अघि प्रदेश अस्पताल सुर्खेतबाट नेपालगञ्ज मेडिकल कलेज रिफर गरीएको थियो । चिकित्सकले उपचार सम्भव छैन्, घर लैजान भनेपछि सवैलाई हारगुहार गरेर घर पुगेको श्रीमान खुमबहादुर नेपालीले बताए ।
पिडीतले आर्थिक सहयोगका लागि स्थानीय तह लगायत विभिन्न निकायसँग हारगुहार गरेर सहयोग माग्दा कसैले वास्ता नगरेको गुनासो श्रीमानको छ । मृगौला पिडीत नेपालीले यस अघि ज्याला मज्दुरी गरेर कमाएको झण्डै २ लाख रुपैया हुँदासम्म आफ्नो उपचार गरियो तर त्यस यता निक्कै सास्ती भएको बताए ।