काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही सहमहामन्त्रीमा पराजित भएका थिए। त्यस्तै पौडेले महामन्त्री र गुरुङ पार्टी सभापतिमा पराजित भएका थिए।
यसअघि सभापति देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल पूर्वमहामन्त्री कृष्ण सिटाैलासहित १० जनालाई केन्द्रीय सदस्य मनाेनयन गरेका थिए।
यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।