सिमकोट । हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भएपनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल,जाङ् हल्जि, लिमी, मुचु र हिल्सा लगायतका क्षेत्रमा यतिबेला बाक्लो हिमपात हुँदा यहाँका नागरीकको दैनिकी थप कष्टकर बनेको छ । हिमपात हुँदा केही समय रमाईलो भएपनि बालबालिका र बृद्धबृद्धालाई थप समस्या हुने गर्दछ । हिमपातले तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेकाले जनजीवन थप कष्टकर बनेको हो । हिमपातले तस्विरमा लिमी
तस्विर सामाजिक सञ्जाल