कुकुरले टोक्दा सात वर्षिया बालिका सख्त घाइते अवस्था गम्भीर

नेपालचेक समाचारदाता शुक्रबार, पौष ३०, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एकजना बालिकालाई कुकुरले टोक्दा सख्त घाइते बनाएको छ । शुक्रबार दिउँसो रानीवनको बाटो भएर आमासँगै हिडिरहेकी सात वर्षिय बालिकालाई कुकुरले टोकेर घाइते बनाएको छ ।

एर्पोटको पछाडि पट्टी रहेको नेपाली सेना बस्दै आएको रानीवनमा रहेका छाडा छोडिएका कुकुरले टोक्दा घाइते बनाएको हो । जिल्ला दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा ६ मेखाला घर भई हाल सिमकोटमा अध्ययन गर्दै आएका सात वर्षिया बिमारीया ऐडीलाई घाइते बनाएको जिल्ला अस्पतालका सिनियर अनमी तथा निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताइन् । कुुकुरले बालिकाको टाउको, अनुहार र शरीरका धेरै भागमा टोकेर बेहोस अवस्थामा अस्पतालमा ल्याएको र बालिकाको उपचार जिल्लामा हुन नसक्ने बोहराले बताउनुभयो ।

बालिकाको अवस्था जटिल छ, छाडा छोडीएका कुकुरले अनुहार, टाउको लगायत पुरै शरिर भरी टोकेर प्वाल पारेको निमित्त प्रमुख बोहराले बताउनुभयो । बालिकालाई घाइते बनाएर अहिले जिल्ला अस्पतालमा भर्ना गरिएको भएपनि उपचार सम्भव नभएको उहाँले बताउनुभयो । थप उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था आएको बोहराले बताउनुभयो । जिल्ला बाहिरह पठाउनका लागि हेलिकप्टरको पहल भईरहेको उहाँले बताउनुभयो । यस्तै तीन बजेसम्म खाद्यन्न ढुवानी गरिरहेको हवाई जहाज सिताले लिन नमाले बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]