सिमकोट । हुम्लामा शुक्रबार कुकुरले टोकेर सख्त घाइते भएकी ७ वर्षीया बालिकाको समिट एयरले निःशुल्क उद्धार गरेको छ। कुकुरले टोकेर घाइते भएकी चंखेली गाउँपालिका– ६ मेल्छामकी बिमारी ऐडीलाई समिट एयरलाइन्सले निःशुल्क उद्धार गरेको हो। बिरामी र कुरुवा एक /एकजनालाई सीता र समसि जहाजले भाडा निःशुल्क गरेको सीता एयरका हुम्ला इन्चार्ज छेपेल लामाले जानकारी दिए।
हुम्लादेखि नेपालगन्जसम्मको हवाई भाडा ६ हजार एक सय ३० रूपैयाँका दरले दुईजनाबाट १२ हजार दुई सय साठी सहयोग गरेको इन्चार्ज लामाले बताए। हुम्लाबाट नेपालगन्जसम्म बिरामी र कुरुवालाई सहयोग गरिएको हो। घाइते बालिकालाई जिल्ला अस्पताल हुम्लाबाट नेपालगन्ज रेफर गरिएको जिल्ला अस्पताल स्राेतले जनाएको छ।
शुक्रबार दिउसो कुकुरले टोकेर घाइते बालिकाको सम्बन्धित निकायले थप उपचारका लागि उद्धारको कुनै पहल नगर्दा जिल्ला अस्पतालमै उपचार गरिहेका बालिकाको आज विहान समिट र सिताले उद्वार गरेको हो। सिमकोट कार्यालयका इन्चार्ज कुन्जोक छिरिङ् लामा र सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको पहलमा दुईजनाको नि:शुल्क भएको हो । कुकुरले टोक्दा घाइते सात वर्षिया बालिका बिमारीया ऐडी र उनकि आमा सुनिता बुढाको समिट र सीता एयरले हवाई भाडा नलिएको सिमकोट इस्टेशनका इन्चार्ज लामाले बताउनुभयो ।
हुम्ला देखि नेपालगञ्जसम्मको हवाई भाडा नलिएर नि:शुल्क उद्धार गरेको हो । हुम्लाबाट नेपालगञ्ज पुग्न एक जनालाई रु ६ हजार एक सय ३० रुपैयाँ तिर्नुपर्छ । तर विरामीको दयनिए अवस्था देखेपछि समिट एयरका पाइटलाई आग्रह गरेपछि नि:शुल्क उद्धार गरिएको हो । दुई जनाको हवाई भाडा १२ हजार दुई सय साठी रुपैयाँ लाग्छ । त्यो सबै हवाई भाडा निशुल्क गरिएको हो ।
शुक्रबार दिउँसो रानीवनको बाटो भएर आमासँगै हिडिरहेका सात वर्षिया बालिकालाई कुकुरले टोकेर सख्त घाइते बनाएको थियो । एर्पोटको पछाडि पट्टी रहेको नेपाली सेना बस्दै आएको रानीवनमा रहेका छाडा छोडिएका कुकुरले टोक्दा घाइते बनाएको हो । कुुकुरले बालिकाको टाउको, अनुहार र शरीरका धेरै भागमा टोकेर बेहोस अवस्थामा अस्पताल पुर्याए पनि जिल्लामा उपचार हुन नसक्ने भन्दै जिल्ला अस्पताल हुम्लाले शुक्रबा नै रिफर गरेको थियो ।
थप उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्थामा कुनै पनि निकायले पहल नगरेको आमा बुढाले गुनासो पोख्नुभयो । रानीवन जंगलमा छाडा छोडिएका कुकुरको नियन्त्रणमा सम्बन्धित निकाय मौन बसिरहेको छ । आज ऐडिलाई मात्र नभएर अरुलाई पनि टोक्न सक्छ । यो विषयमा सबैले चासो राख्नुका साथै छाडा छोडीएका कुकुरहरुको नियन्त्रण गर्न आवश्यक देखिएको छ ।
जिल्ला दक्षिण भेग चंखेली गाउँपालिका वडा नम्बर ६ मेल्छाम घर भई हाल सिमकोटमा अध्ययन गर्दै आएका सात वर्षिया बिमारीया ऐडीलाई रानीवन नजिक छाडा कुकुरले टोक्दा घाइते बनाएको थियो ।