सिमकोट । चालु आर्थिक वर्ष सकिन छ दिन मात्रै बाँकी रहेको बेला कर्णाली प्रदशेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् ।
गएको असार १ गते कर्णाली प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पास नभएर लामो समयदेखि प्रदेश सभा अवरुद्ध भएको बेला मुख्यमन्त्री शाही सिमकोट आएका हुन् ।
मुख्यमन्त्री शाही अहिले परान्ह साढे चार बजे हेलिकोप्टरबाट सिमकोट पुग्नु भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
‘बिहानसम्म माननीय मुख्यमन्त्री ज्यू हुम्ला आउने कुनै अखबर आएको थिएन सहायक प्रमुख जिलला अधिकारी राईले नेपालचेकसँग भने, ‘अरान्ह ३ बजेतिर अचानक उहाँ आउने हल्ला सुनेपछि हामीले जिल्लाको सुरक्षा व्यवस्था कडा पारेका हौं ।’
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालले लामो समयदेखि प्रदेश सभाको बैठक अवरुद्ध गरेका बेला हेलिकोप्टर रिर्जभ गरेर मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तत्कालिन सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी भित्र शरु भएको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँगै हुम्ला आएर सत्ता साझेदारका बारेमा आन्तरिक सल्लाह भएको स्रोतले बताएको छ ।
असार १ गते संसदमा प्रदेश सरकारका तर्फबाट आर्थिक मालिमा तथा योजना मन्त्री गोपाल शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारि नभर सांसद अवरुद्ध भएकोबेला मुख्यमन्त्री शाी सत्तासाझेदार दलकै नेता सहित सिमकोट पुग्नुलाई राजनीतिक वृतमा अर्थपूर्ण मानिएको छ ।
प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्ने योजान सहित मुख्यमन्त्री शाही नेतृत्वको टोली हुम्ला आएको स्रोतले बताएको छ ।