छाडा कुकुरको व्यवस्थापन गर्न प्रजिअसँग माग

नेपालचेक समाचारदाता मंगलबार, माघ ०४, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट छाडा छोडिएका भुस्याहा कुकुरले सर्वसाधरण टोक्न थालेपछि यहाँका महिलाले कुकुरको व्यवस्थापन गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छ ।

सोमबार सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँका महिलाहरुले छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यसँग माग गरेका हुन् । सिमकोट बजारका विभिन्न चोक, गल्ली, एयरर्पोट पछाडि रहेको रानी वन क्षेत्रमा र टोलमा छाडा कुकुर छरपस्ट हुँदा बाटो हिड्नेलाई टोकेर घाईते बनाउन थालेपछि व्यवस्थान गर्नको लागि प्रमुख जिल्ला अधिकारीसँग माग राखेका हुन् ।

कुकुरले महिला तथा बालबालिकालाई टोक्न थालेपछि ती कुकुरको व्यवस्थापन गर्न माग गर्दै करीव २५ जनाको महिला टोलिद्धारा जिल्ला प्रशासन कार्यालयाको ध्यानार्कषण गरिएको स्थानीय अगुवा महिला गोइलुमा रावतले बताईन् । सिमकोट गाउँपालिका वडा ६ का महिला अगुवा गोइलुमा रावतको नेतृत्वमा गएको टोलिले कुकुरलाई मार्नु पर्ने अनुरोध गरेको भए पनि जिल्ला प्रशासन कार्यालयले भने आफुलाई कुकुर मार्ने अनुमति नभएको प्रतिकृया दिएको थियो ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गाउँपालिकाको समन्वयमा ती कुकुरको व्यवस्थापन गरिने आश्वासन दिएको बताइएको छ ।

गत पौष ३० गते ७ वर्षीया बालिकालाई रानीवन क्षेत्रमा कुकुरले टोक्दा सक्त घाइते बनाएको छ । जिल्ला अस्पतालमा घाइते बालिकाको उपचार हुन नसक्दा थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । ती बालिकाको हाल काठमाण्डौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यस्तै वडा ६ का महिलाहरुले रावीनमा आफ्नो खेतबारी नै त्यतै भएकाले दैनिक दिन काम गर्न जानुपर्ने हुन्छ तर छाडा छोडिएका भुस्या कुकुरको विगविगीले थप समस्या निम्तीएको बताउने गरेका छन् ।

छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारणले सिमकोटमा आवतजावत गर्ने सर्वसाधरणले हैरानी खेप्न बाध्य भएपछि यहाँ नागरीक डेलिकेशन गर्न पुगेका हुन् । छाडा कुकुरका कारण बजारका सर्वसाधरणमा समेत समस्यामा पारेको गुनासो छ । छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी आचार्याले आश्वसन दिए ।

अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि हुम्लामा अहिले सम्म छाडा कुकुर व्यवस्थापन गर्न नसेको डेलिगेशन गएका महिलाहरुले गुनासो पोखेका छन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]