सिमकोट । देशभर आइतबार माघ २ गतेबाट कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको भएपनि हुम्लाका नागरीकले अझै पनि कोभिसिल्ड खोप लगाउन सकेका छैनन् । कोरोना विरुद्धको कोभिसिल्ड खोपको अभाव हुँदा हुम्लाका अग्र्रपंतिमा काम गर्ने नागरीकले बुस्टर डोज पाउन नसकेका हुन् । जिल्लामा कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका सहित कुनै खोप नलगाएका कारण हुम्लामा बुस्टर डोज प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले कोभिसिल्ड खोपको अभावले बुस्टर डोज प्रभावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिसिल्ड खोपको माग गरिएको खोप जिल्लामा पुगेपछि दोस्रो मात्रा र पहिलो मात्राको खोप नै नलगाएका नागरीकलाई दुबै खोप लगाएपछि बल्ल बुस्टर डोज दिन सुरु गरिने छ’, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीहरुले कोभिसिल्डको पहिलो र दोस्रो मात्राको खोप लगाएको भएपनि अन्य अधिकांस नागरीकले पहिलो मात्राको खोप लगाएर खोप अभाव हुँदा दोस्रो मात्राको खोप लगाउन नपाउँदा बुस्टर डोजमा ढिलाई भएको बताउनुभयो ।
कोभिसिल्ड खोपको लागि विभिन्न निकायमा माग गरिएको र खोप जिल्लामा पुगेसँगै दोस्रो मात्रा लगाउन छुटेकालाई लगाएपछि मात्रै बुस्टर डोजको अभियान सञ्चालन हुने भएको सिंहले जानकारी दिनुभयो ।
हुम्ला बाहेक देशका अन्य जिल्लाहरुमा कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको छ । हुम्लाका दुवै खोप लगाएका नागरीकले बुस्टर डोज हुम्लामा नपुग्दा उनिहरुले लगाउन नपाएका हुन् ।
केन्द्रबाट खोप पुगेन्
हिमाली जिल्ला हुम्लामा केन्द्रबाट आउनु पर्ने खोप आजसम्म जिल्लामा नआएपछि बुस्टर डोज अभियान सु नभएको हो । जिल्लामा बुस्टर मात्राको खोप नआउँदा खोप अभियान सुरु नभएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताउनुभयो । केन्द्रको निर्देशन भएपनि खोप नआएका कारण बुस्टर मात्रा लगाउने कार्य सुरु हुन नसकेको उहाँले बताउनुभयो । जिल्लाभर बुस्टर मात्रा लगाउनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको भएपनि खोप नपुगेका कारण यो अभियान प्रभावित भएको हो ।
नेपालगञ्जमा समेत बुस्टर खोप नआएको र हुम्लामा पुग्न अझै समय लाग्ने भएकाले अझै केही दिन पछि मात्र अभियान सञ्चालन हुने भएको छ । जिल्लाका लागि आउने खोप हवाई मार्गबाट हुम्लामा ढुवानी हुने गर्दछ ।
बुस्टर डोज ६० वर्ष माथिका जेष्ठनागरीक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, तथा पहिलो र दोस्रो मात्राको खोप लगाएका नागरिकलाई बुस्टर मात्रा लगाउने कार्यतालिका रहेको प्रमुख सिंहले बताउनुभयो । हुम्लाका लागि केन्द्रमा पाँच हजार पाँय मात्रा बुस्टर खोपको मागिरएको भएपनि अmभै पुग्न नसकेको उहाँले बताउनुभयो ।