सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझ देखि निरन्तर हिमपात भई रहेको छ । हिमपातले यहाँको जनजीवन थप बष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ ।
अहिले पनि हुम्लामा हिमपात निरन्त जारी रहेको छ । हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ ।
उत्तरी हुम्लाको जनजीवन थप कष्टकर
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । यस क्षेत्रमा बाक्लो हिमपात भएको हुँदा यहाँको जनजीवन कष्टकर बनाएको बताइएको छ । नाम्खामा करीब तीन फिटसम्म हिउँ जम्नुका साथै अहिले पनि हिमपात भईरहेको छ ।
हुम्लामा आइतबार बिहानदेखि हिउँ परिरहेको छ । हिउँ हुम्लाका अधिकांश स्थानहरुमा परिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । हिल्सा, यारी आवतजावत ठप्प भएको छ ।
हिमपातले पशुचौपाय लाई चरिचराउन गर्न थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घरहरु छन् । यहाँ चिसो अत्याधिक हुने गरेको छ । यस्तै चौरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन् । उक्त पशुचौपायका लागि चरिचरा उगर्न समेत कठिनाई बनाएको छ ।
सिमकोटमा एसइई टिउसन पढ्ने विद्यार्थी थप सकश
सदरमुकाम सिमकोटमा एसइईको तयारीका लागि हिउँदे टिउसन पढ्दै आएका विद्यार्थीलाई विहानको समयमा चिसोले थप पढ्न सकश बनाएको छ । जिल्लामा हिमपात नभएपनि हिउँदको याम तापक्रम माइनसमा झर्ने भएकाले चिसो अत्याधिक हुने गर्छ । चिसोमा विहानी टिउशन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको बताउने गरेका छन् । हिउँदमा सरकारी तथा गैरसरकारी विद्यालय बन्द भएपनि एसइई तयारी गरिरहेका विद्यार्थीहरुले टिउशन पढ्दै आएका छन् ।
विहानको समयमा चिसो अत्याधिक हुने भएकाले टिउशन कक्षा कोठामा चिसो लेख्न सक्ने नहुने गरेको एसइई तयारी गरिहरहेका सुर्य बोहराले बताउनुभयो ।
मापक्रम माइनसमा झर्नुका साथै हिमपातको समयमा विद्यार्थीलाई लेख्न समस्या हुने गरेको मानसरोवर माध्यामिक विद्यालयमा टिउशन पढाउँदै आउनुभएका शिक्षक धन बहादुर ऐडीले बताउनुभयो । चिसोको समय विद्यार्थी टिउन पढ्न गाउँबाट सिमकोट आएपनि उनिहरुलाई विद्युत नियमीत नहुँदा समस्या हुने गरेको शिक्षक ऐडीले बताउनुभयो ।
हवाई सेवा अवरुद्ध
आइतबार साँझ देखि नियमीत हिमपात हुँदा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात अवरुद्ध हुने भएको छ । प्रतिकुल मौसमले हिमपात हुँदा हवाई अवरुद्ध हुने भएको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । हवाई सेवा अवरुद्ध हुँदा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाको खाद्यन्न ढुवानी प्रभावित हुने भएको छ । भने अन्य निमार्ण सामाग्री, बजार व्यवसायीको सामान ढुवानी नहुने भएको हो ।