मुख्यमन्त्री शाही सुटुक्क हुम्ला आउनुको तीन कारण

नेपालचेक समचारदाता शुक्रबार, आषाढ २५, २०७८

  1. सिमकोट । ‘सर को मन्त्री हुम्ला आउदै हुनुहुन्छ रे हजुर लाई थाहा छ ?’ यो शब्द राष्ट्रिय अनुसन्धान, जनपथ प्रहरी र नेपाली सेनाका गुप्तचरका सुरक्षाकर्मीले दिनभरजसो शुक्रबार हुम्लाका पत्रकारहरुलाई सोधिएको प्रश्न थियो ।

मौखिक रुपमा शुक्रबार अपरान्ह १ बजेपछि कर्णालीको सत्तारुढ दल माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट फैलिएको मन्त्री आउने हल्ला सुरक्षा निकाय कहाँ पुगेपछि सबै सुरक्षा अंगका गुप्तचरहरुले सूचनालाई प्रमाणीत गर्न दिनभर जसो जिल्लाका सञ्चारकर्मीलाई पटक–पटक पछ्याए ।

जिल्लामा कुनैपनि भिआइपीको आवागमन नहुने अन्य अत्यावश्यक काम पनि नभएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्य तीन सुरक्षा अंग (नेपाल प्रहरी, ससस्त्र प्रही र राष्ट्रिय अनुसन्धान) का प्रमुख सहित शुक्रबार बिहान जिल्लाको दक्षिण भेगको स्थलगत अनुगमनका लागि हवाई जहजामार्फत बाजुरा गएकै दिन कर्णाली प्रदेशका मुख्यामन्त्री महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको टोली सुटुक्क हुम्ला पुगेको छ ।

मुख्यमन्त्री शाहीको टोली आउने विषयमा एक घण्टा अघि अर्थात अपरान्ह चार बजेमात्रै आफूलाई जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए ।

नेकपा एमालेका बिरोधका कारण कर्णाली प्रदेश सभा असार २७ सम्मका लागि स्थगित भएको बेला कांग्रेस संदीय दलका नेता शाहीलाई लिएर कुख्यमन्त्री हिमाली जिल्ला हुम्ला आउनुलाई कर्णालीको राजनीतिक वृतमा निकै चासोका साथ हेरिएको छ ।

सचिवलाय र सुरक्षा निकाय समेत अनविज्ञ

प्रदेशकै कार्यकारी प्रमुख शाहीको हुम्ला भ्रमणका बारेमा उनकै सचिवालय र सुरक्षा निकायले समेत अन्तिमसमयसम्म अनविज्ञ भएपछि मुख्यमन्त्री शाहीको हुम्ला भ्रमणलाई थप रहस्यका साथ हेरिएको छ ।

‘शुक्रबार बिहानसम्म मुख्यमन्त्री ज्यू हुम्ला जाने कुरा सचिवालयमा कसैलाई पनि थाहा थिएन । मुख्यमन्त्री सचिवलाय स्रोत भन्छ, हामीले त अपरान्ह २ बजेपछि मात्रै उहाँ हेलिकोप्टरमार्फत हुम्ला जाने योजना रहेको बारेमा जानकारी पाएका हौं ।’

भिआइपीको आवत–जावतलाई निकै चासोका साथ पछ्याउने सुरक्षानिकायले पनि शुक्रबार अपरान्ह मात्रै जानकारी पाएको नेपाल प्रहरी कर्णाली प्रदेश स्रोतले जनाएको छ । उहाँ (मुख्यमन्त्री) हरुको हुम्ला भ्रमणका बारेमा हामीलाई पहिलेभन्दा केही ढिलो जानकारी आएकाले जिल्लामा पनि सूचना गर्न ढिला भएको हो’ प्रहरी स्रोत भन्छ, ‘खै अचानक यस्तो योजना बनेकाले हतार भएको हुनसक्छ ।’

केही महिना अघि उत्तरी छिमेकी मुलुक चीनले नाम्खा गाउँपालिकाको लिमिमा सिमाना मिचेको विषय व्यापक बनेपछि उक्त स्थानको स्थलगत अनुगमनको योजना रहेको बताएको मुख्यमन्त्री शाहीको सचिवालयले नेपाल र चीनको सिमाना लिमीको सिमाना अनुगमनका लागि मुख्यमन्त्री शाही हुम्ला गएको जनाएको छ ।

उता नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीका निजि सचिव राजबहादुर रोकायाले पनि आफूलाई नेता शाही हुम्ला जाने बारेमा बिहान ११ बजेमात्रै जानकारी आएको बताए । नेपाल–चीनको सिमा नाकाको स्थलगत अनुगमनका लागि जाने कुरा बताइएको उल्लेख गरेका रोकायाले मुख्यमन्त्रीसँग नेता शाही त्यही क्षेत्रको प्रदेश सांसद भएको हैसियतले गएको प्रतिक्रिया दिए ।

किन आए त मुख्यमन्त्री हुम्ला ?

प्रदेश सभा बैठक पटक–पटक अवरुद्ध भएकाले बेला मुख्यमन्त्री शाही हुम्ला आउनुलाई प्रदेशको सत्ता राजनीतिमा अनौठो मानिएको छ । खासका मुख्यमन्त्री शाही आप्mनो सक्ताका बलियो सारथीका रुपमा रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई ल्याएर सुटुक्क हुम्ला आउनुका पछि तीन कारणलाई आँकलन गरिएको छ ।

पहिलो कारणः सिमा अनुगमन

मुख्यमन्त्री शाहीले आप्mनो सचिवालय, सुरक्षा निकाय र पार्टीका नेता कार्यकर्तालाई नेपाल–चीन बीचको सिमानाको स्थलगत अवकोलनका लागि जान लागेको भन्दै सूचना प्रवाह गरेका छन् ।

केही समयअघि चीन र नेपाल बीचको सिमाना रहेकोनाम्खा–५ स्थित लोलुुङजोङमा चीनले नेपाली भू–भाग मिचेको विषयमा ठूलो हल्ला भएपछि प्रदेश सरकार संघ सरकारको क्षेत्राधिकार भएको भन्दै चुपचाप बसेको थियो । वास्तविक अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने योजना बनाएका मुख्यमन्त्री शाहीले यो पटकलाई उत्तः अनुगमन गर्ने हल्ला बाहिर छरेका छन् । शुक्रबार अपरान्ह ४ः३० बजे सिमोट पुगेको मुख्यमन्त्री शाहीको टोली शनिबार हेलिकोप्टरबाट लिमि जाने कार्यक्रम रहेको हुम्ला सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

दोस्रो कारणः संकट मोचनको नयाँ राजनिती निर्माण गर्न

गएको वैशाख ३ गते प्रदेश सभाबाट विश्वाशको मत लिने क्रममा साथ दिएको नेपाली कांग्रेसका नेता शाहीसँग थप सत्ता साझेदारीका विषयमा आन्तरिक सल्लाह गर्न मुख्यमन्त्री शाही जिल्ला आएको हुनसक्ने आँकलन गरिएको छ ।

केहि महिना अघि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक किचलोले मुख्यमन्त्री पद धरापमा पर्न थालेपछि कांग्रस नेता जीवनबहादुर शाहीसँगै हुम्ला आएर सिमकोटको एक होटलमा गोप्य छलफल गरेका मुख्यमन्त्री शाही लामो एमाले एकातमा भएको प्रगती र प्रदेश सभा अवरुद्ध हटाउने रणनीति तय गर्न कांग्रेस नेता शाहीसँग हुम्ला आएको हुनसक्ने अनुमान गरिएको छ ।

अवरुद्ध सदन खुलाउन प्रतिपक्ष दलसँग वार्ता रसंवाद गर्नु पर्ने बेलामा दुई वास बस्ने गरेर सचिवालयका व्यक्तीलाई समेत जानकारी नदिएर आउनुलाई मुख्यमन्त्री शाही कांग्रेस नेता शाहीको हुम्ला आवागमनलाई प्रदेशको सक्ता राजनीतिको नयाँ कदमको संकतका रुपमा लिइएको छ ।

तेस्रो कारणः सत्ता परिवर्तन

वैशाख ३ गते विश्वाशको मत दिएको कांग्रसले मोआवदी केन्द्रसँग आलोपालो मुख्यमन्त्रीको सर्त राखेको थियो । आगमाी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने वित्तिकै आफूलाई सक्ता दिन माग कांग्रेसको थियो भने ६ महिना पश्चात आफूले सहजै रुपमा मुख्यमन्त्री पद हस्तान्तरण गर्ने माओवादी केन्द्रले बचन गरेको थियो ।

असार १ मा मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित नभएको र असार महिनापनि जान लागेको बेला पूर्व निर्धारित सत्ता समिकरणलाई कसरी अघि लैजाने विषयमा कुरा मिलाउन मुख्यमन्त्री शाहीको टोली हुम्ला आएको हुनसक्ने दोस्रो अड्कलबाजी गरिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com