सहायक प्रजिअलाई कोरोना पुष्टि हुँदा एक हप्ताका लागि प्रशासन कार्यालय बन्द

नेपालचेक समाचारदाता सोमबार, माघ १७, २०७८

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । आज एक सूचना जारी गर्दै हप्तादिनसम्मका लागि प्रशासनिक सम्र्पूण काम बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ । यो अवधिमा नागरिकता लगाएत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ । प्रशासनमा सेवाग्राहीको भिडभाड बढी हुनुका साथै संक्रमण थप फैसलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्तादिनका लागि सेवा बन्द गरिएको हो ।

सहायक प्रजिअ राईले शङ्का लागेर आफैँ गएर कोरोना परिक्षण गराउनुभएपछि संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले बताए ।

हाल उहाँ होम आइसोलोसनमा बस्नुभएको छ । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलो पटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ जना र एक जना मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो ।

यसअघिका संक्रमित निको भएर सबै घर फिर्ता भइसक्नुभएको छ । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या दश पुगेको छ ।

प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ । आजैबाट प्रमुख जिल्ला अधिकारी गणेश आचार्य बिदामा बसेर घरतर्फ लाग्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]