भित्तगौँडाको चट्टानी भाग छिचोल्ने कार्य सुरु

नेपालचेक समाचारदाता मंगलबार, माघ १८, २०७८

सिमकोट । पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ–च्वाखोला–टापुलेख जोड्ने सडकअन्तर्गत भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता दिएको छ । २०७६ साल असोजमा सम्झौता भएको यस सडकको चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।

लामो समयदेखि विस्फोटक पदार्थको अभावले भित्तगौँडाको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए । चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएपछि काम अगाडी बढेको कार्यालय प्रमुख ऐडीले बताए ।

मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएकाले काममा ढिला भएको ऐडीले बताए ।

उहाँका अनुसार भित्तगौँडाको कडा चट्टानी भाग अबको दुई–तीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको छ । चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।

माघ १४ गते नेपाली सेनाको दशजनाको टोली गएर फिस्टो गरेको भएपनि अझै भिर विस्फोटन गर्न समय लाग्ने भएको उनल. बताए ।

चट्टानी भाग छिचोल्ने कार्य भईरहेकाले सिमकोट गाउँपालिका वडा १, २ र खार्पुनाथ गाउँपालिका वडा ५ का ताक्ला,बाम्टाका नागरीकलाई आवतजावतमा समस्या निम्तीएको छ । यो खण्डको सडकले पूर्णता पाएमा च्वाखोला–टापुलेख जाने आन्तरीक तथा बाहिय पर्यटकलाई आवतजावतमा सहज हुनेभएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]