सिमकोट । कर्णाली करिडोर अन्तर्गतको धुलाचौर देखी हुम्लाको सरीसल्लासम्मको गाडी भाडा अनियमिति रुपमा यातायात व्यवसायीले असुल्ने गरेको जनगुनासो आउन थालेको छ । उक्त सडक खण्डको गाडी नेपाली सेनाले निर्धारण गरेको भन्दा व्यवसायीले यात्रुबाट दोब्बर भाडा गाडी सञ्चालकले लिने गरेको स्थानीयले गुनासो गरेका छन् ।
धुलाचौर देखी अदानचुली गाउँपालिकाको गल्लफागाड सम्मको नेपाली सेनाले गाडी भाडा रु ६ सय रुपैयाँ निर्धारण गरेको भएपनि अहिले रु १००० हजार रुपैयाँ लिने गरेको यात्रुले गुनासो गरेका छन् ।
जितेगडाबाट पिलुचौर सम्मको करिब ६ घण्टाको बाटोमा रु १२ सय रुपैयाँ गाडी भाडा निर्धारण गरे अनुसार नै भाडा लिने गरेपनि पिलुचौर देखी धुलाचौर सम्म करिब १ घण्टाको बाटोमा रु २ सय रुपैयाँ निर्धारण गरेकोमा २ सय ५० रुपैया लिने गरेका छन् । तर धुलाचौर देखी अदानचुली सम्म ३ घण्टाको बाटोमा रु १००० हजार भाडा लिदा यात्रु मर्कामा परेका छन् ।
जिप चालक वा गाडी मालिकले नेपाली सेनाले निर्धारण गरे अनुसार नै भाडा लिनु पर्नेमा ३ सय रुपैयाँ बढाएर बढी लिने गरेको प्रति नागरीकले गुनासो गरेका छन् ।
जिप चालकहरुले भने नेपाली सेनाले निर्धारण गरेको भाडामा आफुहरु चलाउन नसक्ने बताउँदै आएका छन् । उनिहरुका अनुसार त्यो भाडामा आफुहरुको तेल खर्च समेत नआउने भएकाले भाडा बढाएको बताउँदै आएका छन् ।
यता बजार भाउमा भने प्रतिस्प्रधा देखीएको छ । आ आफ्ना गाडीहरु प्रयोग गरेर बिभिन्न पसलका व्यापारीहरुले आ आफ्नै तरीकाले बजारमा सामग्रीहरु बिक्री गरी रहेको पाइएको छ ।