जनतालाई विद्युत उपभोग सहज गराउन माओवादी केन्द्रले थाल्यो जनश्रमदानको अभियान

नेपालचेक समाचारदाता मंगलबार, माघ १८, २०७८

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरीकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि जनश्रमदान अभियान सञ्चालन गरेको छ । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका नागरीकले समयमै विद्युत उपभोग गर्न पाउनुका साथै उज्यालोमा दैनिकी चलाउन सहज होस भन्ने हेतुका साथ नेकपा माओवादी केन्द्रले जनश्रमदानको अभियान चलाएको हो ।

दक्षिणी भेगको ताँजाकोट गाउँपालिकाका लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य चाँडो सम्पन्न गर्न नेकपा माओवादी केन्द्र ताँजकोटले जनश्रमदानको अभियान चलाएको छ ।

आयोजनाको निर्माण कार्य जेठ १५ गतेभित्र सम्पन्न गरी बत्ती बाल्नको लागि स्थानीयले गर्नुपर्ने जनश्रमदान माओवादी पार्टीले गरेको हो ।

नेकपा माओपादी केन्द्र ताँजकोट गाउँपालिकाको अगुवाईमा एकै दिन १२१ केजीका पेनिष्टिक पाईप ४० थान, ९० केजीका सोही पाईप ४० थान र नौ सय केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताउनुभयो ।

पार्टीको गाउँपालिका कमिटीको बैठकले पार्टीका कमिटीका सदस्यहरु अनिवार्य रुपमा उक्त अभियानमा जाने निर्णय गरेको थियो ।

निर्णय अनुसार २५५ जना पदाधिकारी तथा सदस्यहरु विद्युत आयोजना निर्माण स्थलमा गएर कामको सुरुवात गरेका हुन् । बाँकी श्रमदानका कार्य पनि अगाडी बढाईने उहाँले बताउनुभयो ।

गत कात्तिक २५ गते उक्त विद्युत आयोजनाको निर्माण कार्य सुरु भएको थियो । १३० किलोवाट विद्युत उत्पादन क्षमता भएको उक्त आयोजनाको लागि बेलायती सेनाहरुको सहयोग रहेको काँधुरी संस्थाले निर्माण कार्य पचास प्रतिशत सम्पन्न गरेको छ ।

बाँकी काम पनि धमाधम भई रहेको छ । यसका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ संस्थाले लागत व्यहोर्ने छ भने स्थानीयले दुई करोड ५५ लाख नौ हजार साठी रुपैयाँ बराबरको जनश्रमदान गर्नु पर्नेछ । यसबाट ९०२ घरधुरीका पाँच हजार २३७ जनसंख्या लावान्भित हुनेछन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]