सामुदायिक वनभित्र बढ्दै अवैधरुपको कटान

नेपालचेक समाचारदाता सोमबार, माघ २४, २०७८

सिमकोट ।  हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा रहेको सामुदायिक वनमा पछिल्लो समय मनपरी वनमा कटान हुँदै आएको छ ।

सर्केगाड गाउँपालिका वडा ७ र ८ मा रहेको सामुदाकि वनहरुमा यहाँका स्थानीय नागरीकले आफ्नो मनपरी रुखहरू अवैध रूपमा फडानी गर्ने गरेको पाइएको छ । धौलापानी, माँईडाडा र चौर गरी तीनवटा सामुदायिक वनका अध्यक्षकोे अनुमित विना यहाँका स्थानीयले रूख कटान गर्ने गरेको खुलाशा भएको छ ।

स्थानीयले मनपरी सामुदायिक वनबाट हरिया (काँचो) रुख मेसिन लगाएर अवैधरुपमा कटान गरिरहेको माँइडाडा सामुदायिक वनका अध्यक्ष छक्क बहादुर ऐडीले बताए । सामुदायिक वनभित्र हरियो रुख अवैधरुपमा कटान गरी मेसिन रुखमा आधा लगाएर सुकाउनको लागि राखेको र कति पए ठाउँमा मेसिन लगाएर हरियो (काँचो) रुख रातीको समय मान्छे सुतेको मौका छोपेर काट्ने गरेको पाइएको ऐडीले बताए ।

यहाँका अधिकांस नागरीकले घरगोठ, सार्बजनिक भवन, बनाउने बहानामा आफ्नै मनपरी सादा कागजमा सामुदायिक वनले अनुमति दिएको भन्ने लेखेर रुख अवैधरुपमा कटान गरेर बेच्ने गरेको ऐडीको गुनासो छ । यस्तैमा अवैध तरिकाबाट वन क्षेत्रभित्रको विभिन्न जातका हरियो रुख कटान गरी चिरान गरिरहेकोले पुरै वननै सखाप हुने स्थितिमा पुगेको र यस्तैमा इलाका वन र डिभीजन वन कार्यालय गराउँदा पनि कसैले चासो नदिएकाले सामुदायिक वन नै जोखिममा रहेको अध्यक्ष ऐडीले गुनासो पोखे ।

आफुले सम्बन्धित निकायमा अवैधरुपमा नागरीकले चोरी निकासी गरेर वन नोक्सानी गरिरहेको विषयमा जानकारी वास्ता नगरेको ऐडीले बताए । वडा ७ र ८ मा रहेको उक्त तीनवटा सामुदायिक वनमा पछिल्लो समय चोरी निकासी गर्ने क्रम बढेको छ । भने बाक्लो देखिने वन अहिले पातलिँदै आएको उहाँले बताउनुभयो । रुख रोप्नुको सट्टा वन फाडनी गर्ने नागरीक हाबी बढी देखिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]