जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा पुनः सुरु

नेपालचेक समाचारदाता मंगलबार, माघ २५, २०७८

सिमकोट । एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारबाट सुचारु भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण सेवा बन्द गरिएको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सुचारु भएको जानकारी दिए । स्वास्थ्य मापदण्ड अनुरसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोना मुक्त समेत भएपछि कार्यालय सुचारु गरिएको बताए ।

उक्त कार्यालयले सम्पुर्ण सेवा सुचारु गरेपछि सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले राष्ट्रिय परिचय पत्र बनाउने, नयाँ नागरिक्ता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ ।

उनका अनुसार सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नु पर्ने, खोप कार्ड र सामाजिक दूरी कायम गरिएको हुनु पर्ने बताइएको छ । सहयाक प्रमुख जिल्ला अधिकारीलाई कोरोना पोजेटिभ देखिएपछि एक हप्ता बन्द गर्दा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नु परेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]