पाँचौ दिनमा हवाई सेवा सुचारु

नेपालचेक समाचारदाता मंगलबार, माघ २५, २०७८

सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौ दिनमा सञ्चानमा आएको छ । सिमकोट विमानस्थलमा स्थलमा जमेको हिउँ पञ्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।

विमान स्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमास्नथलको सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडिबटि व्यवसायी लगायतको सक्रियतामा हिउँ फालेपछि हवाई जहाज सञ्चालनमा आएको हो ।

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुने नसकेपनि हिउँ पन्छाउने कार्यसम्मपन्न भएसँगै सिता, र ताराले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्यान प्राधिकरण शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ ।

पाँचौ दिनमा हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने यात्रु र जिल्ला भित्रीने नागरीकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छने भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् ।

यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्न समेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो । भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारी लगायत भित्रीएको छ । सिता एयर र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]