एमाले हुम्ला नवौं अधिवेशनः अध्यक्षमा हमाल, सचिवको टुंगो लागेन

नेपालचेक समाचारदाता शनिबार, फाल्गुण १४, २०७८

सिमकोट ।  दुई पटक स्थगित भएको नेकपा एमाले हुम्लाको नवौं जिलला अधिवेशनले सर्वहमतीबाट नयाँ नेतृत्व चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) जिल्ला हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कल बहादुर हमाल सर्वसहमतीबाट चयन हुनु भएको छ ।

एमाले हुम्लाको ९ गतेबाट जिल्ला अधिवेशन सञ्चालन गरिहेको थियो भने शुक्रबार साँझ जिल्ला अध्यक्ष सहित अन्य पदाधकारी चयन गरेको हो । अध्यक्ष र अन्य पदका आकांक्षी धेरैभएपछि नेतृत्व चयनमा केही ढिलाई भएको थियो । जिल्ला पार्टी अध्यक्षमा कल बहादुर हमाल, उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सह सचिवमा बिमला शाही र समावेशी सहसचिवमा चन्द्र प्रशाद ढकाललाई चयन गरिएको हो ।

केन्द्रिय स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला जिल्ला इन्चार्ज गोरख बहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षता मण्डलले पाँचौ दिन शुक्रबार साँझ जिल्ला कमिटीको सर्वसहमतीका आधारमा नयाँ नेतृत्वको छनोट गरिएको जानकारी प्राप्त भएको छ ।

आकांक्षी धेरैभएपछि नेतृत्व छनोटमा तीन जना केन्द्रिय सदस्यलाई छनोटमा सकश भएको भएपनि शुक्रबार सर्वसहमतीका आधारमा चयन गरिएको हो । जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडा मध्ये लिमी बाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्यहरुको सर्वसहमतीबाट टुंग्याईएको छ ।

गएको सोमबार शुरु भएको जिल्ला कमिटीको नवौं अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिहरुको आग्रह अनुसार नै सर्वसम्मत रुपमा नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताउनुभयो । पार्टी भित्र थुप्रै क्षमतावान युवा नेताहरु हुँदाहुँदै पनि विभिन्न परिस्थितीले यो नेतृत्व सर्वसम्मत भएको उहाँले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]