सिमकोट । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्यचौकीमा अक्सिजन चलाउन विद्युतको पावर नहुँदा विरामीले समस्या भोग्नु परेको । कन्ट्रेनर चलाउन पावर नभएपछि विरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यहाँका नागरीक विरामी हुँदा भिडियो एक्सरे, एक्सरे लगायतका विद्युतबाट हुने स्वास्थ्य परिक्षण गर्नका लागि अन्तरजिल्ला अर्थात जिल्ला बाहिर लिनुपर्ने बाध्यता रहेको अदानचुलीका नागरीकले गुनासो पोखेका छन् ।
विरामीलाई उपचार गर्नका लागि सुविधासम्पन्न अस्पताल तथा स्वास्थ्यचौकी नहुँदा समस्या भोग्नु परेको हो । जिल्ला अस्पताल हुम्ला १५ शैया भएपनि जिल्लाका सातवटै गाउँपालिकामा त्यसो नभएको पाइन्छ ।
जिल्लाका अधिकांस स्वास्थ्यचौकीमा पुगेर विरामीले उपचार गरिहेको समयमा सोलारको सिस्टमबाट विद्युतबाट हुने उपचार गरेपनि पावर नपुग्दा पुरामीले समस्या भोग्नु परेको हो । स्वास प्रस्वास सम्बन्धि विरामी भएका २३ वर्षिय आसा बुढाले यसको समस्या भोग्नुभएको छ । उहाँको जस्तै अदानचुलीका अधिकांस नागरीकले भोग्नु परिरहेको छ ।
एक्कासी स्वासप्रस्वासमा समस्या आउँदा श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागी १ घण्टाको पैदल हिडेर स्वास्थ्य संस्थामा पुग्दा उहाँले अक्सीजन लगाएको २५ मिनेटमै पावर अफ भएको थियो । वडा एक नम्बर एकबाट एक घण्टाको पैदल हिडेर उपचारका लागि बुढा पालिका केन्द्रको स्वास्थ्यचौकीमा पुग्नुभएको थियो ।
उत्त पावर बन्द भएर अक्सिजन कन्ट्रेनर नचल्दा बिरामी बुढालाइ स्वास्थ्य चौकीको पुर्जा दिइ बाजुराको कोल्टी स्वास्थ्य चौकीमा रिफर गरिएको श्रीनगर स्वास्थ्य चौकीका इन्चार्ज राशरण थापाले बताउनुभयो । उहाँका अनुसार यता बिरामीलाई स्वासप्रस्वासमा निकै समस्या भएपछि कोल्टी पठाइएको बताउनुभयो । चेकअप गर्ने सामाग्रीले जाँच गर्दा कुनै लक्षण पत्ता नलागेपछि एक्सरेका लागि कोल्टी पठाइएको हो ।
बुढा सुत्केरी अवस्थामै विरामी भएको श्रीमान प्रवल दानीले बताउनुभयो । बुढा सुत्केरी भएको आज ११ दिनभएको छ । बिरामी बुढालाई थप उपचारका लागि बोलेरो जिपमार्फत कोल्टी लगिएको छ । यो पिडा बुढाको मात्रै नभई अदानचुली गाउँपालीकाका सबै नागरीकहरुले भोगी सकेका छन र भोगी रहनु परेको छ ।