सिमकोट । आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले आयोजना गरेको आयुर्वेद तथा योग शिविरमा ८८७ जना विरामीले उपचार सेवा लिएका छन् । जिल्ला खार्पुनाथ गाउँपालिका–२ थाली र ३ रायामा सञ्चालन गरिएको आयुर्वेद तथा योग शिविर अभियानबाट यहाँका नागरीकले गाउँघरमै निःशुल्क सेवा पाएका हुन् ।
थाली र राया गाउँका विरामीलाई निःशुल्क स्वास्थ्य परिक्षण गरि आयुर्वेद ओैषधिहरू वितरण गरिएको कार्यालय प्रमुख कृष्ण चन्द्र जोशीले बताए । आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले जिल्लाका विभिन्न पालिकामा रहेका वस्तिहरुमा निःशुल्क घुम्ति तथा गाउँघर शिविर सञ्चालन गर्दै आएको छ ।
वडा–३ रायामा सञ्चालीत आयुर्वेद तथा योग शिविरमा ४ सय २७ जना विरामीले आयुर्वेद सेवा तथा उपचार गराएका हुन भने महिला २७२ जना र पुरुष १५५ रहेको प्रमुख जोशीले बताए । यस्तै वडा–२ थालीमा सञ्चालन भएको आयुर्वेद तथा निःशुल्क स्वास्थ्य परीक्षणमा ४६० जनाले सेवा लिएका छन् भने उनिहरुलाई औषधि वितरण समेत गरिएको छ । वडा–२ थालीमा महिला २५७ जना र पुरुष २०३ जनाले सेवा लिएको जानकारी प्राप्त भएको छ । त्यस्तै वडा–२,३ मा सञ्चालन भएको शिविरबाट १ वर्षदेखि १५ वर्ष उमेर समुहका बालक १२३, बालिका १२८, १६ देखि ५९ वर्षसम्मका पुरुष १८७, महिला ३४१ रहेका जानकारी प्राप्त भएको छ । ६० वर्ष माथिका पुरुष ४८, महिला ६० जजा महिलाले सेवा लिएका हुन् । यि सबै गरेर ८८७ जनाले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले बताएको छ ।
उक्त शिविरमा प्रकारका विरामको उपचार गरीएको थियो । जसमा वातव्याथी, दम, रुघाखोकी, अम्लपित्त,श्वेतप्रदर,रक्तप्रदर,बालरोग,स्तनपायी अमा, जेष्ठनागरीकलाई रसायल औषधि वितरण,ज्वरो,उच्च रक्तचाप, अर्श,चर्मरोग, दन्तरोग, र मुखरोग सम्बन्धि उपचार गरिएको हो ।