नेत्रविक्रम चन्द विप्लव नेकपाद्धारा एमसिसि खारेजीको माग गर्दै हुम्लामा प्रदर्शन

नेपालचेक समाचारदाता शनिबार, चैत्र ०५, २०७८

सिमकोट । प्रतिनिधि सभा संसदबाट अमेरीकी परियोजना एमसिसि अनुमोदन गरिए पनि बिभिन्न ठाउँमा खारेजीको माग गर्दै बिरोध कायमै रहेको छ । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालीको श्रीनगर बजार क्षेत्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसि अनुमोदनको चर्को विरोध पै्रदर्शन गरेको छ । अदानचुली वडा नम्बर ३ को क्षेत्रमा पर्ने श्रीनगर सव डिभिजन वन कार्यालयबाट र्याली सुरु गरी अदानचुली वडा नम्बर २ र ३ को वस्ती तथा बजार क्षेत्रभरी परिक्रमा गरी श्रीनगर स्वास्थ्य चौकी अगाडी कोण सभामा परिणत भएको थियो ।

अमेरीकी परियोजना एमिसिसिको देशब्यापी रुपमा प्रदर्शन भइ रहेकाले अदानचुीमा पनि प्रदर्शन गरेको जनाएको हो । उक्त पार्टीले आफ्ना पार्टीका जनवर्गीय संगठन, हिमाली जन सांकृतिक मञ्च र अन्य केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गरेर सम्पन्न गरेका थिए । यस अघि पनि पटक–पटक विरोध गरि रहेको नेकपाले अदानचुलीमा पनि विरोध प्रदर्शन गरेको हो । नेपाललाई अब बेच्न लागेको भन्दै विरोध गर्न थालिएको उक्त पार्टीले जनाएको हो ।

नेपालका शिर्ष नेताहरुले नै देशका भु–भाग कालापानी देखी पूर्व टिष्टासम्म विभिन्न सन्धि परियोजना सम्झौता गरेकै कारण आज भारतले आफ्नो भु–भाग हो भन्दै गरेको दाबीको उदाहरण देखाउँदै यो परियोजना खारेज गर्न भन्दै सरकारलाइ दवाब दिदै आइ रहेको छ ।

अस अघि पनि नेपालका ६ कम्युनिष्ट पार्टीले केन्द्र देखि जिल्ला वडास्तरसम्म पनि यो अभियानलाइ तिब्र पारीरहेका बेला सरकारले यो परियोजनालाइ अनुमोदन गरेको हो । एमसिसि अनुमोदन हुनु भन्दा अघि पनि देश बचाउनका लागि भन्दै विभिन्न आन्दोलन गरि रहेको थियो । उक्त कार्यक्रममा नेकपाका श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य तथा हुम्ला इन्चार्ज राम बहादुर विकको प्रमुख आतिथ्यमा, एरिया नम्बर २ का इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य सगरमाथाको विशेष आतिथ्यमा, अदानचुली गाउँ कमिटी इन्चार्ज टेक्नीकलको आथित्यमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ । नेकपा विप्लवले भोली ६ गते हुम्लामा फेरी एमसिसिका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]