वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालचेक समाचारदाता शनिबार, चैत्र १२, २०७८

सिमकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो ।

अख्तियारले वडाध्यक्ष रावत‚ गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी‚ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डे र गाउँपालिकाका लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध मुद्दा दायर गरेको हो ।

आरोपितहरूले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको‚ विभिन्न व्यक्तिहरूले रकम बुझेको भरपाई बनाई प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीका लागि सिफारिस गरेको र गैरकानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले कागजात तयारी गरी ८ लाख हिनामिना गरेको अख्तियारद्वारा दायर आरोपपत्रमा उल्लेख गरिएको छ ।

चारै जनालाई भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा ८ को उपदफा ९१०को ९ङ० मा व्यवस्था भएबमोजिमको कसुरमा ८ लाख बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० मा उल्लेख भएबमोजिमको अधिकतम कैदको माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]