भाडाको घरमा आयुर्वेद, आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

नेपालचेक समाचारदाता आइतबार, चैत्र १३, २०७८

सिमकोट । हुम्लामा २०५० साल असार २५ गते स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नो भवन नहुँदा भाडाको घरमा बस्दै आएको छ । स्थापनाकाल देखि आयुर्वेद स्वास्थ्य केन्द्र भाडामा घर लिएर बस्दै आएको हो ।

आफ्नो भवन नहुँदा आयुर्वेद तथा योग शिविर अभियान सञ्चालन तथा विरामीको चाप बढेको समयमा उपचारमा समस्या आउने गरेको सोही कार्यालयका प्रमुख कृष्णचन्द्र जोसीले बताए । बिरामीका लागि आवश्यक स्वास्थ्य उपकरण र आयुर्वेद पद्धतिका विषेशज्ञ चिकित्सक भएपनि पर्याप्त भवन नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या हुने गरेको प्रमुख जोसीले बताए । आजसम्म आइपुग्दा २८ वर्षसम्म भाडाको घरबाट आयुर्वेद केन्द्रले सेवा दिदैँ आएको छ । ठाउँ ठाउँमा आयुर्वेद सरेको भएपनि आफ्नै भवन भने छैन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख जोसीले भने, “आफ्नै भौतिक संरचना तथा भवन नभएकाले बिरामीको चाप बढेको समयमा सेवाग्राहीलाई भने अनुसारको सेवा दिन सकिएको छैन् ।” भवनको आवश्यक छ, प्रमुख जोसीले भने, उपचारका लागि पर्याप्त आयुर्वेदिक उपकरण, डाक्टर भएपनि भवन नहुँदा समस्या भएको छ । भाडाको घरबाटै बिरामीलाई स्थापनाकाल देखि सेवा दिनु परेको छ । ”
पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । भने जिल्लाका विभिन्न वस्तिमा केन्द्रले वर्षको दुई पटक शिविर सञ्चालन गर्दै आएको छ ।

हुम्लाका पाँचवटा गाउँपालिकामा अस्थाई दरबन्दि सञ्चालन हुँदै आएको भएपनि आफ्नो भवन नभएको उने बताए । आयुर्वेदलाई सरकारले मात्रै सहयोग गरेको र अन्य सहयोग गर्ने संस्था नभएको प्रमुख जोसीले बताए । पहिलाको तुलनामा आयुर्वेद हुम्लामा विकास भएको भएपनि हुनु पर्ने जति विकास नभएको उहाँको भनाई थियो ।

पञ्चकर्म, क्षारसुत्र सेवा तथा शल्य सेवा, होमियोप्याथिक र प्राकृतिक चिकित्सा सेवालगायत अन्य विभिन्न सेवा प्रदान गर्दै आएको बताए । राज्यको निती परिवर्तन गर्न आवश्यक रहेको छ । स्वास्थ्यका प्रत्येक वडाहरुमा स्वास्थ्य संस्था छन् । तर आफ्नो जिल्ला कार्यालयको भवन समेत नभएको भन्दै गुनासो पोख्नुभयो । २०५२ सालको आयुर्वेदको निती परिवर्तन गर्नुपर्ने उनको भनाई थियो । आयुर्वेदको आफ्नै भवन नहुँदा सेवा विस्तारको विकास समेत हुन नसकेको जोसीको भनाई थियो ।

भवनको जग्गा खरिदका लागि जनप्रतिनिधिलाई हारगुहार
आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागी जग्गा खरिदको पहल गरीदिनका लागि जिल्लाका प्रदेश सांसद देखि गाउँपालिकाका जनप्रतिनिधिलाई गुहार गर्दा सुनुवाई नभएको उनले बताए । आफुले हुम्लाकै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई जग्गा खरिद गरेर भवन निर्माणका लागी निवेदन पेश गरेको उनले बताए ।

यस अघि हुम्लाबाटै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री बन्नुभएका पूर्वमन्त्री दल रावललाई समेत आग्रह गर्दा कुनै सुनुवाई नभएको हो ।

यस्तै यहाँका सिमकोट गाउँपालिका लगायत अन्य जनप्रतिनिधिलाई भवन निर्माणको पहलका विभिन्न ठाउँमा निवदेन पेश गर्दा कुनै सुनुवाई हुन नसकेको उनको भनाई थियो । जिल्लाका प्रदेश, संघका सांसदहरुले भवन निर्माणका लागी जग्गा खरिद गर्ने पहल गरि दिन्छुभनेका हुन्छन् तर कार्यान्वय हुन नसकेको उनको भनाई थियो ।

आफ्नै भवन नहुँदा भाडाको घरमा सेवा प्रवाह हुँदै आएपनि विरामीको चाप बढेको समयमा उपचारमा समस्या हुने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]