हातहतियार बुझाउन जिल्ला प्रशासन हुम्लाको आदेश

नेपालचेक समाचारदाता आइतबार, चैत्र १३, २०७८

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले हातहतियार बुझाउन आग्रह गरेको छ । आशन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन भन्दै प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन सूचना प्रकाशित भएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले आइतबार सूचना जारी गरी जिल्ला भित्र इजाजत प्राप्त गरि राखिएका हातहतियार बुझाउन आग्रह गर्नुभएको हो ।

सूचना प्रकाशित भएको मितिले चैत मसान्तभित्र हातहतियारहरु नजिकैको प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालय हुम्लामा बुझाउन आग्रह गरिएको हो । प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन कार्य सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिने भएको प्रमुख जिल्ला अधिकारी परीयारले बताइन् ।

कोही–कसैले विनाइजाजतका भरुवा तथा एअर गन राखेको भए चैत मसान्तभित्र स्वतस्फुर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]