सिमकोट । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन कार्यालय सिमकोट । हुम्लाले अन्तिम मतदान केन्द्र र मतदान स्थल निर्धारणको निर्धारण गरेको छ । ५२ वटा मतदान स्थल निर्धारण गरेको छ भने ५४ वटा मतदान केन्द्रको संख्या निर्धारण गरेको जिल्ला निर्वाचान कार्यालय हुम्लाले जानकारी दिएको छ । स्थानीय तहको अनुसार अन्तिम मतदाता, मतदान स्थल र मतदान केन्द्रको संख्या सार्वजनिक रहेको हो ।
उत्तरी नाम्खा गाउँपालिकामा १०, खार्पुनाथ ५, सर्केगाड गाउँपालिकामा ११, चंखेलीमा ७, र अदानचुलीमा ६, वटा मतदान स्थल र मतदान केन्द्र रहेका छन् । भने सिमकोटमा ८ मतदान स्थल, ९ मतदान केन्द्र र चंखेलीमा ५ मतदान स्थल र ६ मतादन केन्द्र रहेको जानकारी प्राप्त भएको छ । जिल्लाको एक हजार भन्दा बढी संख्या रहेको सिमकोट गाउँपालिकाको वडा ७ को टुलिङ र ताँजकोट गाउँपालिकाको वडा ३ को कैलाश आधारभूत विद्यालयलाई उपकेन्द्र थप गरिएको हो । जिल्लाको माग अनुसार निर्वाचन कार्यालय दुई वटा उपकेन्द्र थप गरेको हो ।
यस्तै स्थानीय तह निर्वाचका लागी जिल्लाको सातवटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । यसअघि २०७४ सालको निर्वाचनमा हुम्लाको मतदाता संख्या २९ हजार ३८८ रहेको थियो ।
यस पटक सिमकोट गाउँपालिकाको ६ हजार ६३६, नाम्खा ३ हजार १८२, खार्पुनाथ ४ हजार ४७, सर्केगाड ६ हजार ६८०, चंखेली ३ हजार ५४८, अदानचुली ४ हजार ७२० र ताँजकोट गाउँपालिकाको मतदाता संख्या ३ हजार ७६८ रहेको छ । यो पटक जिल्लाभर ३ हजार १९३ जना मतदाता थपिएका छन् ।