ज्योति लाईफ इन्स्योरेन्स कम्पनीद्धारा बिमा साक्षरता अभियान सञ्चालन

नेपालचेक समाचारदाता बिहिबार, चैत्र १७, २०७८

सिमकोट । जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको ज्योति लाईफ इन्सोरेन्स कम्पनीले बिमा साक्षरता अभियान सञ्चालन गरेको छ । शहर देखि गाउँसम्म ज्योति लाईफ, घरघरमा बिमा भन्ने उदेश्य लिएको कम्पनीले उक्त कार्यक्रम हुम्लामा सञ्चालन गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा जीवन बिमाको उदेश्य, महत्व र यसका फाईदाका बारेमा सहजिकरण गरिएको थियो । त्यसैगरि कम्पनीद्धारा हाल सञ्चालन हुँदै आएका बिभिन्न बिमा योजनाहरुको वारेमा पनि सहभागीलाई जानकारी गरिएको थियो । कम्पनीद्धारा आफ्ना बिमितहरुलाई स्वास्थ्य सुबिधा अन्र्तगत पर्ने ३५ प्रकारका घातक रोग बिरुद्धको निशुल्क उपचार खर्च प्रदान गरिदै आएको बारेमा पनि जानकारी गरिएको थियो ।

बिमा अभियानलाई दुरदराजका बस्ती स्तरमा पुर्याउन बिमा साक्षरता अभियान सञ्चालन गर्नु परेको कम्पनीका नेपालगंज एरियाका एरिया सेल्स म्यानेजर मोहन माझीले बताए । दुुर्गममा बिमाको पहुँच निक्कै कम भएको कारण पनि यसलाई बिस्तार गर्न गाउँ गाउँमा यो अभियान जारी राख्ने कम्पनीको लक्ष रहेको उनले बताए । केही सहभागीले भने पहिलो पटक बिमाको बारेमा जानकारी पाएको पनि बताएका थिए । एक दिने कार्यक्रममा ८५ भन्दा बढी सर्बसाधारणहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सुरक्षाकर्मी, बिधार्थी र अन्य सर्बसाधारणको सहभागिता रहेको थियो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]