सिमकोटमा आकाशियो बोइलर कुखुरा मासुको मूल्य

नेपालचेक समाचारदाता आइतबार, चैत्र २०, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बोइलर कुखुराको मासुका साथै अन्य दैनिक उपभोग्यवस्तुको मूल्य आकाशिएको छ । एक हप्ता अगाडी रु ६ सय मूल्यमा विक्री हुने बोइलर कुखुराको मासुको पछिल्लो केही दिनयता प्रति केजीको रु ८ सय पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान कम हुँदा मूल्य आकाशिएको हो । सेवाग्राहीले चर्को मूल्य तिरेर मासु खनजुपर्ने बाध्यता रहेको सिमकोटमा बसोबास गर्दै आएका कालि बहादुर बोहराले बताए ।

शनिबार मात्रै नेपालगञ्जबाट दुई तीन फलाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर पनि यहाँका व्यवसायीहरुले नेपालगञ्जको भन्दा दोब्बर मुल्यमा विक्रि गरेका छन् । नेपालगञ्जमा मासुको मूल्य रु ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेहरुले एक केजीको रु ८ सय रुपैयाँ लिएर विक्रि गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिदै आएका छन् । विषयमा जिल्लाका नियमनकारी निकाय भने मौन अवस्थामा रहेका छन् । त्यस्तै ढक तराजुमा पनि स्थानीय उपभोक्ताहरु ठगिदै आएको उपभोक्ताहरुले बताएका छन् ।

दैनिक उपभोग्य सामग्रीको अभाव, मूल्य आकाशियो

नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमीत उडान भर्दै आएका निजी एयरलाइन्सले उडान कम भर्दा सिमकोटमा दैनिक उपभोग्य सामग्रिको अभावका साथै मूल्य आकाशिएको छ । करीव एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रुपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।

जिल्ला बाहिरबाट नियमित रुपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभाक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ । दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनि, चिउरा लगायतका सामग्रीको अभाव हुँदै गएको छ ।

गाउँबाट सामन खरिद गर्न सिमकोट पुगेका उपभोक्ताहरु बजारमा तेल, चिनि लगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फिर्ता बाध्य भएका छन् । दैनिक दिन उपभोग गर्ने उपभोग्य वस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य वस्तुबाट बञ्चित हुनु परेको छ ।

बजारमा फाट्टफुट्ट पाइने तेलको पनि महँगो मुल्यमा बिक्रिहुने गरेको छ । एक प्याकेट धारा तेलको २ सय ५० र स्वस्तीक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ । एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रुपमा हवाई उडान नभएपछि विभिन्न सामग्रिको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको समय जिल्ला बाहिर आवत जावत गर्न पाएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]