सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसानहरू परम्परागत बाली छाडेर आलु खेतीमा आकर्षित भएका छन् । गहुँ,जौ, उवा, फापर, चिसो र कादो भन्दा सदरमुकामबासी सिमकोटका लागि आलु खेती मूख्य भएको छ । सदरमुकामबासी तल्लो र माथिल्लोमा हरेक सुविधा सहज भएपछि आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री हुनेभएपछि भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।
नेपालकै उच्च वातावरणमा उब्जेको अर्गानिक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आकर्षित हुँदै गएका हुन् ।
सिमकोटका किसानलाई आलु फलाउन त्यति सहज छैन् समस्या छ । तर जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । आलु फलाएपछि सिजन भन्दा बिसीजनमा यसको भाउँ बढी पाइने गरेको बताउने गरेका छन् ।
सदरमुकाम सिमकोटमा रहेको वडा ५ तल्लो गाउँ र वडा ६ माथिल्लो गाउँका किसानले सदरमुकाममा भएका आफ्ना बढी जसो खेतमा आलु खेती मात्रै गर्ने गरेको यहाँका किसान मुक्ती रावतले बताउनुभयो । उनका अनुसार एक,दुई खेत मात्रै अन्य बाली उत्पादन हुँदै आएपनि बढी जसो खेतमा आलु मात्रै उत्पादन गरिदैँ आएको बताइन् ।
यहाँका किसानको बर्खामा मात्र आलु खेती गर्ने चलन रहेको छ । तरकारीका लागि सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीका साथै बजारबासी मात्रै नभएर जिल्ला बाहिर समेत माग बढेको छ ।
यहाँका अधिकांस किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन् । सिमकोटमा आलुको प्रति केजी सिजनको समयमा रु ८० देखि १०० सम्म बिक्री हुन्छ भने बिसिजनमा रु १०० देखि १५० सम्म बिक्री गर्ने गरेको यहाँका किसानले बताउने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय हुम्लाले आलु खेती गर्नेे किसानलाई बिउमा छुट, कृषि सामग्रीमा अनुदान दिन आवश्यक रहेको छ । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा पनि सहयोग गर्न आवश्यक रहेको यहाँका किसानले बताउने गरेका छन् ।
चैतमा आलु रोप्न चटारो
सदरमुकाम सिमकोट सहित आसपासमा रहेका किसानलाई चैतको अन्तिम देखि आलु रोप्न चटारो हुने गर्दछ । यो समय सिमकोटमा प्राय खेत रोपाई जस्तै दे्खिने गरेका छन् । आलु रोप्न किसान व्यस्त हुने भएकाले । यहाँका अधिकांस किसान अन्य खेतीपाती भन्दा आलु उत्पादनलाई कसरी फस्टाउने र बढी उब्जाउने भनेर खेतबारी दिनरात आलु रोप्न मेहनत गरी रहेका हुन्छन् । उनिहरु खेत खनजोत गर्नुका साथै आलु उत्पदानका लागि ब्याड बनाउने देखि काम व्यस्त हुने गर्दछन् । वर्षको एक पटक वर्षाको सिजनमा मात्रै उत्पादन हुने र काम पनि एक पटक मात्रै गर्नु पर्ने यसको बजारमा माग बढी हुनुका साथै आफुलाई तरकारी खान समेत सहज हुनेभएकाले उनिहरु यस तर्फ आकर्षित हुँदै गएका हुन् ।