सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार विहान हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ । शनिबार साँझ नेपालगञ्ज पुग्नुभएका अध्यक्ष ओली आइतबार विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट आइपुग्नुभएको हो । सिमकोट पुगे लगत्तै एकछिन विमानस्थलमा विश्राम गरेर अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गर्नुभएको हो ।
एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै अहिले लिमिका वासिन्दासँग भेटघाट गरीरहनुभएको छ । भने उनिहरुसँगको भेटपछि अध्यक्ष ओलीले नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उत्तरी नाम्खाकोे अवलोकनपछि सदरमुकाम फिर्ता भएर सिमकोटको् कार्यक्रम सम्बोधन गर्ने कार्य तालिका तय गरिएको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।
अध्यक्ष ओलीले सिमकोटको वृहत आमसभालाई गरे लगत्तै अदानचुली गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गरेर फिर्ता हुनु हुनेभएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्नका लागि अध्यक्ष ओली हुम्ला पुगेको नेकपा एमाले हुम्लाले बताएको छ ।
यस्तै हुम्ला पुग्नुभएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थलमा पुग्नुभएका हुम्ला प्रमुख जिल्ला अधिकारी सीता परीयारले जिल्लाको समस्याको समाधान गर्न आग्रह गर्नुभएको थियो । हुम्लाको प्रमुख समस्या खाद्यान्न ढुवानी, सडकका साथै हवाई सेवा नियमीतको समस्या पूर्वप्रधानमन्त्री ओली समस्या दर्शाउनुभएको थियो । लामो समय देखि हुम्लामा निजी एयरलाइन्सको उडान सकिरहेको छैन् । भने हुम्लामा वर्षेनी खाद्यन्नको समस्या हुँदै आएको छ ।