सिमकोट । स्थानीय तहको निर्वाचामा आफु निर्वाचीत भए पाँचसम्म निर्वाचीत जनप्रतिनिधिले पाउने भत्तादेखि वृद्धवृद्धाको नियमीत प्राथमिक स्वास्थ्य औषधिको व्यवस्था मिलाउने ताँजकोट गाउँपालिका वडा १ का वडाध्यक्षका उम्मेदवार हिक्मतजङ खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् । खड्काले वडा एकको वडाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिबद्धतापत्रमा आफु निर्वाचीत भए पाँच वर्ष अध्यक्षका रुपमा कुनै पनि तलब भत्ता नलिने, घरघरमा बुढापाकालाई नियमित प्राथमिक स्वस्थ्य (औसधि) उपचारको व्यवस्था मिलाउने, आधुनिक युगमा प्रस्तिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने आधार निर्माणको लागि विद्यालयहरुमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठनको व्यवस्थाा मिलाउने, सामाजिक सुरक्षा भत्ता लगायतका भत्ता घर घरमै पुर्याउने, महिनाको एक पटक प्रत्येक नागरीकको घरमा पुगि उनिहरुको समस्या सुन्ने र समाधान गर्ने, सुखी नेपाली समृद्ध नेपाल बनाउने श्रदय पार्टी अध्यक्ष केपि ओलिको अभियानको जग् बसाल्ने, युवालाई उत्पादनमा लाग्न प्रेरित गर्ने, आर्थिक उन्नतिका लागि उत्पादनका गतिविधिमा जनता सङ्ग हातेमालो गर्ने, नगदे बालिको उत्पादनमा कृषकलाई प्रेरित गर्ने, पाँच वर्षको तलब भत्ता एकमुस्ट अक्षय कोष बनाइ सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।