८ महिनाको तलबभत्ता नपाएपछि वडा कार्यालयमा तालाबन्दी

नेपालचेक समाचारदाता बुधबार, बैशाख २१, २०७९

सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ४ सायाँका निवर्तमान वडाध्यक्ष सहित सदस्यका साथै प्रशासन सहायकले तलब नपाउँदा कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ । जनप्रतिनिधिले पाउँदै आएको भत्ता नपाउँदा वडा सदस्यहरुले १७ गते देखि सोही कार्यालय ताबन्दी गरेका हुन । मंगलबार सहमतीका लागि बैठक बसेर सहमती हुन नसकेर पुन भोली विहिबार बसेर सहमती हुने भएको प्रशासन सहायक धनलाल विकले जानकारी दिए । गाउँपालिकाले रकम भुक्तानी ढिलाई गर्दा निकासामा ढिलाई भएको उहाँले बताए । रकम निकासा भइसकेको हुनाले विहिबार बसेर केही दिनमा सबैको हातमा वितरण भइसक्ने विकले बताए । खुल्ला दलित सदस्य धुन सुनार, दलित महिला सदस्य गोपा विक र महिला सदस्य हिरकुला शाहीले आठ महिना देखि आफुले पाउनुपर्ने भत्ता नपाएको भन्दै तालाबन्दी गरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]