हुम्ला गठबन्धनद्धारा बागी उम्मेदवारलाई फकाउने र चेतावनी दिने कार्य सँगै

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख २३, २०७९

सिमकोट । हुुम्लामा केन्द्रीय सत्ता गठबन्धन अन्र्तगतको दुुई दलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि बागी र बिद्रोहीका रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा रहेकालाई फकाउने र चेतावनी दिने कार्य संगै गरेको छ । दुुई दलका जिल्लास्तरका प्रमुख नेताहरुले बिज्ञप्ती निकालेर सो कार्य गरेका हुन ।

गठबन्धन दलद्धारा संयुुक्त रुपमा प्रकाशित गरिएको बिज्ञप्तीमा प्रतिगमनलाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्न केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा पनि समिकरण गरेर जाने निर्णय गरेको अवगत नै भएको उल्लेख गरिएको छ । त्यसको यसको मर्म र भावना अनुुसार हुुम्ला जिल्लामा मिति २०७९।१।११ गते नेपाली काँग्रेस र नेकपा ( माओवादी केन्द्र ) बिच दुुई दलीय गठबन्धनले गरेको निर्णय अनुुसार जिल्लाका सात वटै गाउँपालिकाका अध्यक्ष, उपाअध्यक्ष, वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता भई निर्वाचनमा होमिएको कुुरा उल्लेख छ त्यसैगरि बिज्ञप्तीमा गठबन्धनका साझा उम्मेदवारहरु सवैलाई बिजयी बनाउनुु हामी सवैको साझा दायित्व र कतव्र्य भएको उल्लेख छ ।

यस्तो अबस्थामा पनि गठबन्धन दल सम्बद्ध नेता कार्यकर्ताहरुले गाउँपालिका र वडाहरुका बिभिन्न पदहरुमा स्वतन्त्र उम्मेदवारी दिएको पाईएकोले अन्तिम सयमसम्म आफ्नो उम्मेदवारी निष्कृय पार्दै गठबन्धन दलहरुबिच भएको सहमति अनुुसार पार्टीबाट आधिकारिक टिकट पाएर उम्मेदवार बन्नुु भएका ब्यक्तिहरुलाई सहयोग गर्न संयुक्त अपिल गरिएको उल्लेख छ । सो बिज्ञप्तीमा बाह्य हल्ला भन्दा पनि दुुई दलीय गठबन्धनको सल्लाह र निर्णय बमोजिम सम्पुर्ण पार्टीका तह र संरचनाहरु निर्वाचनमा लाग्न समेत अनुरोध गरिएको छ । त्यसमा गठबन्धनलाई बचाउन र जिताउनुु सबैको साझा जिम्मेवारी भएको गठबन्धन बिरोधी चुनावमा हुने गतिबिधिमा कोही पनि संलग्न नहुुन, भ्रममा नपर्न र नपार्न समेत सचेत गराईएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ताका साथै उम्मेदवारीलाई निष्कृय पारेर गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गरेकोमा बिज्ञप्ती मार्फत धन्यवाद दिईएको छ । गठबन्धन दलहरुको बिच भएको सहमति बिपरित जाने जो कोही स्वतन्त्र उम्मेदवार, सर्मथक, प्रस्तावक र स्वतन्त्र उम्मेदवार बन्न भुुमिका खेल्नेहरुले असहयोग गरि आफ्नो उम्मेदवारी यथावत राखेमा पार्टीको बिधान र निर्णय अनुुसार कारवाही गर्न बाध्य हुने उल्लेख गरिएको छ । बिज्ञप्तीमा नेपाली काँग्रेसका उपसभापति कैलाश भण्डारी र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिजय भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ विज्ञप्ती

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]