मासपुरवासीको हातमा २८ वर्षपछि लालपुर्जा…….

नेपालचेक समाचारदाता शनिबार, बैशाख २४, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट भन्दा निकै टाढा रहेको दुर्गम वस्तिका रुपमा चिनिने ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयले २८ वर्षपछि लालपुर्जा पाएका छन् । ०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् ।

पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति ७ नम्बर वडाको बँदेलचौरमा एक माना चामल र नुन जग्गाको तिरो तिर्दै आएका मासपुरवासीले २८ वर्षपछि भए पनि लालपुर्जा पाएकोमा स्थानीय ९२ वर्षीय दलवीर बुढाले खुसी व्यक्त गर्नुभयो । मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ ।

२०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । अनुगमनका क्रममा ताजाँकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको थाहा भएको थियो। तर, गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएका मालपोत कार्यालयले जनाएको छ ।

१२ घरधुरीलाई गत वर्ष चैतमै लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपुर्जा पाएका थिएनन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]